धेरै वर्षपछि अमरेश सिंहले भेटे जीवनसाथी, गरे विवाह



हाम्रो इकोनोमि

 

नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेश कुमार सिंह वैवाहिक जीवनमा प्रवेश गर्नुभएको छ । आज (फागुन २५ गते विहान) ललितपुरको प्रशिद्ध बगलामुखी मन्दिरमा उहाँको विधिपूर्वक विवाह सम्पन्न भएको हो ।

सर्लाही मूलघर भएका सिंहले कञ्चनपुरकी लक्ष्मी जोशीसँग लगनगाँठो कस्नुभएको छ । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुहुने लक्ष्मी जोशीको पारिवारिक जीवन सफल नभएको र उहाँ विगत एक दशकभन्दा लामो समयदेखि संयुक्त परिवारमा भएर पनि एकल जीवन बिताउँदै हुनुहुन्थ्यो ।

कानूनी रूपले सम्बन्ध बिच्छेद गरिसक्नुभएकी लक्ष्मी र अमरेश सिंहबीच केही वर्षअघि चिनजान भएपछि उक्त चिनजान मित्रतामा रूपान्तरित भएको र अहिले मित्रता वैवाहिक जीवनमा बदलिएको हो ।

सांसद अमरेश कुमारको यसअघि २०६४ सालमा झापाकी एक युवतीसँग विवाह भएको थियो । तर, ती युवतीसँगको वैवाहिक जीवन चल्न नसकेपछि २०६७ सालमा उहाँहरूको सम्बन्ध बिच्छेद भएको थियो । सांसद सिंह विगत नौ वर्षदेखि एकल जीवन बिताउँदै हुनुहुन्थ्यो ।

आज विहान (फागुन २५ गते शनिबार) बगलामुखीमा सम्पन्न वैवाहिक समारोहमा युगल जोडीका केही आफन्त तथा सीमित साथीहरूको मात्र उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...