भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

 

अहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बौद्धिकतालाई लिएर अनेक ब्याख्या हुने गरेका छन् । उहाँको व्यक्तित्व र सोचलाई लिएर नेपाल लगायत विश्वभर चर्चा चुलिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेर आफुले कश्मीरमा शान्ति कायम गर्न चाहेको उहाँको जिकिर रहेको छ ।

 

हालैं सयौंको संख्यामा आतंकवादी संगठनलाई आफ्नो कब्जामा लिएरका खानले पाकिस्तान आतंकवादका लागि उपयुक्त नभएको जनाउँनु भएको छ । भारत र पाकिस्तनबीच चलिरहेको तनावपूर्ण स्थितीमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशको माटोलाई अन्य देशमा चरमपन्थ फैलाउनका लागि प्रयोग हुन नदिने जनाउँनु भएको हो ।

 

 

सिन्धुमा आयोजित एक र्यालीमा उहाँले भारतीय प्रधानमन्त्री मोदीमाथि हमला गर्दै भन्नुभयो, ‘घृणाको राजनीति मानिसहरुको भोटको लागि बाँड्न निकै सजिलो छ ।’ उहाँले नरेन्द्र मोदीले घृणाको राजनीति गर्ने गरेको आरोप लगाउँनु भएको छ । उहाँले नेताले घृणा फैलाउने काम गरेमा कार्यकर्ताले पनि त्यही सिको गर्ने जनाउँनुभयो ।

 

पुलवामा हमलापछि भारतमा कश्मिरीहरुमाथि दुव्र्यवहार गरिएको समेत्त उहाँले जिकिर गर्नुभयो । उहाँले एक फरक प्रशंगमा यदी भारतले पाकिस्तानमा आक्रमण गर्ने सोच्दैं गरेको भए १० पटक सोच्न चेतावनी दिनु भएको छ । देश र जनताको लागि आफु र आफ्नो सरकार प्रतिबद्ध भएको भन्दै यदि पाकिस्तानमाथी हमला गर्छु भन्ने भारतको मोदी सरकारले सोचेको भए पलभरमा खरानी बनाउँने उहाँको धम्कीपूर्ण भाषण अहिले भाइरल बनेको छ ।

 

मायामा धोका दिएको भन्दै युवतीलाई खेतमा बोलाएर हत्या

 

मायामा धोका दिएको भन्दैं एक युवत्तीको हत्या गरिएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा यस्तो डरलाग्दो घटना भएको हो । तपाईलाई जानकारी गराउँ गएको ५ फेब्रअरीमा पनकी थाना नजिकैं खेतमा एक युवत्तीको शव फेला परेको थियो । घटना भएको झण्डैं मनिा दिनपछि उक्त घटनाबारे पर्दाफाँस गरेको छ ।

 

भएको के भने हत्या आरोपी अरविन्द र ती युवत्ती गएको ४ वर्ष देखि प्रेम सम्बन्धमा रहेका थिए । तर भयो के भने ती युवत्ती अरविन्दलाई भन्दा अरु कसैंलाई मन पराउँन थालिन् ।

 

युवत्तीको यस्तो हर्कत थाहा पाएपछि पहिले ति युवकले विष पिएर आत्महत्या गर्ने प्रयास गरेका थिए । आत्महत्या गर्न नसकेपछि ती युवकले युवतीलाई खेतमा भेट्न बोलाएर हत्या गरेको दैनिक भास्करले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...