सिडनीमा निश्मा श्रेष्ठको सडक दुर्घटनामा मृत्यु



हाम्रो इकोनोमि

 

अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी नेपाली विद्यार्थी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ ।

९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्नको लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् । नेपालमा उनको घर काभ्रे जिल्लामा पर्छ ।

काम सकेर बिहान १ बजे घर फर्कैदै गर्दा सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो ।

दुर्घटना पश्चत गाडी चालकले नै प्रहरीलाई खबर गरेका थिए । उपचारकै क्रममा उनको गत मार्च ४ तारिखमा भएको थियो ।

निधन हुनुअघि उनले अङ्ग दान गर्ने निर्णय गरेकी थिइन् । उनका आफन्तहरू ७ मार्चमा मेलबर्न आइपुगेपछि मात्र अस्पतालले यो खबर औपचारिक रूपमा जानकारी दिएको छ ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिका अध्यक्ष तारा गैरेले दुर्घटनाको खबर पाएदेखि नै आफूहरू लगायत एनआरएनए र महावाणिज्य दूतावासका प्रतिनिधिहरू स्थानीय प्रशासन तथा अस्पतालको सम्पर्कमा रहेको बताए ।

श्रेष्ठको अन्त्येष्टी आगामी हफ्ता मेलबर्नमा गरिनेछ छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...