विप्लवले समुहले नै रोहन गुरूङको घरमा बम बिस्फोट गरेको खुलासा



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको घर नजिकै  बैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको घरमा बम बिस्फोट भएको छ । विप्लवले समुहले गराएको बम विष्फोटबाट व्यवसायी सङ्घका अध्यक्ष गुरूङको घरमा सटर भाडा लिएर बस्ने मणिराम पौडले गम्भीर घाइते भएका छन् ।  विप्लवले समुहले नै व्यवसायी रोहन गुरूङको घरमा बम बिस्फोट गरेको अनुमान गरीएको छ ।

 

बिस्फोटपछि लागेको अागोले गुरूङको घर र गाडीमा क्षति पुगेको छ । आगलागी नियन्त्रणका लागि दमकलका साथै प्रहरी र स्थानीय खटिएका थिए । आगलागीपछि ग्यास सिलिन्डरसमेत विस्फोट भएको छ । गुरूङको टप जव म्यानपावर पनि सोही घरमा सञ्चालनमा रहेको थियो । पछिल्लो समय विवादित बनेका गुरूङको घरमा के कति कारणले अागलागी भएको भन्ने बारेमा कारण खुलेको छैन ।

 

गुरूङको घरमा सटर भाडा लिएर बस्ने मणिराम पौडले गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।  पौडेललाइ उपचारका लागि अस्पताल लगिएको छ । त्यसैगरी, बम विष्फोटबाट गुरूङसहित अन्य दुइ जनाको घरमा समेत क्षति पुगेको अध्यक्ष गुरूङले जानकारी दिएका छन । गुरूङको घरको झ्यालका सिसा फुटेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...