विप्लवले समुहले नै रोहन गुरूङको घरमा बम बिस्फोट गरेको खुलासा



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको घर नजिकै  बैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको घरमा बम बिस्फोट भएको छ । विप्लवले समुहले गराएको बम विष्फोटबाट व्यवसायी सङ्घका अध्यक्ष गुरूङको घरमा सटर भाडा लिएर बस्ने मणिराम पौडले गम्भीर घाइते भएका छन् ।  विप्लवले समुहले नै व्यवसायी रोहन गुरूङको घरमा बम बिस्फोट गरेको अनुमान गरीएको छ ।

 

बिस्फोटपछि लागेको अागोले गुरूङको घर र गाडीमा क्षति पुगेको छ । आगलागी नियन्त्रणका लागि दमकलका साथै प्रहरी र स्थानीय खटिएका थिए । आगलागीपछि ग्यास सिलिन्डरसमेत विस्फोट भएको छ । गुरूङको टप जव म्यानपावर पनि सोही घरमा सञ्चालनमा रहेको थियो । पछिल्लो समय विवादित बनेका गुरूङको घरमा के कति कारणले अागलागी भएको भन्ने बारेमा कारण खुलेको छैन ।

 

गुरूङको घरमा सटर भाडा लिएर बस्ने मणिराम पौडले गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।  पौडेललाइ उपचारका लागि अस्पताल लगिएको छ । त्यसैगरी, बम विष्फोटबाट गुरूङसहित अन्य दुइ जनाको घरमा समेत क्षति पुगेको अध्यक्ष गुरूङले जानकारी दिएका छन । गुरूङको घरको झ्यालका सिसा फुटेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...