विप्लव समूहद्वारा नेकपा सांसद देवकी मल्लको अपहरण



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रदेश सभा सांसद देवकी मल्ललाई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहले अपहरण गरेको छ ।

बझाङ ‘ख’की प्रदेश सभा सांसद मल्ल अपहरणमा परेको सुरक्षा स्रोतले जनाएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले अपहरणमा परेको खबर भर्खरै पाएको बताएका छन् ।

 

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी, लुट्नकै लागि नेकपा नाम राख्न पाईन्छ

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ‘विप्लव समूहलाई ‘लुटेरा समुह’को संज्ञा दिएका छन् ।

शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री केपी ओलीले भने, ‘लुट्नकै लागि नेकपा नाम राखिएको छ, लाज भैसक्यो ।’

‘नेकपा भन्ने नाम हटाएर लुटेरा समूह विप्लव वा प्रकाण्ड भने हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो बाटो छोड अन्यथा सरकारले शान्ति सुरक्षा बहाल गर्न उचित कदम चाल्छ, म सुन्नेगरी भन्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दामा नाममा लुट्दै हिँडेको आरोप लगाएका छन् ।

‘विप्लव समुह लुट्ने समुह हो, चन्दाका नाममा लुटेर हिँड्न, हत्या गर्दै हिँड्न र विष्फोट गराउन मिल्दैन’ ओलीले भने, ‘विष्फोट गराउने अनि कम्युनष्टि पार्टी नाम लिँदै हिँड्ने ? यस्तो काम बन्द गर्नुस् ।’

पछिल्लो समय विप्लवका कार्यकर्ताबाट बरामद भएको हतियार र पोष्टर समेत आफुले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विप्लव समुहलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...