दुई महिना भित्र नारायणी नदिमा जहाज चल्छ : मन्त्री लामा



हाम्रो इकोनोमि

 

 

प्रदेश नम्वर ३ का भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दुई महिना भित्रमा नारायणी नदिमा पानी जहाज चल्ने दावी गरेका छन् ।

उनले आगामी जेष्ठ ३ गते देखि नारायणी नदिनमा जहान चलाउने गरी सरकारले तयारी गरिरहेको बताए ।

राप्ती नगरपालिका वडा नं ७ सिक्सगु्रपमा ज्योती मार्ग तथा कल्र्भटको शुक्रवार उद्घाटन गर्दै मन्त्री लामाले चितवनको दासढुंगादेखी गाजीपुर सम्म पहिलो चरणमा पानी जहाज चलाउने बताए ।

पहिलो चरणमा करिव २ सय जना क्षमताको जहाज चलाईने मन्त्री लामाको भनाई थियो । रकारको अहिलेको कामले अवको सरकार एकलौटी रुपमा कम्युनिष्टले चलाउने मन्त्री लामाको जिकिर थियो ।

मन्त्री लामाले आगामी आर्थिक वर्षमा वृद्धभत्ता वढाउने जानकारी दिए । कृषि मन्त्री लामाले जनआन्दोलनमा पत्रकारहरुले गरेको योगदानको प्रसंसा गर्दै समृद्धीको अभियानमा लागेको सरकारले अहिले भने सहयोग नपाएको गुनासो गरे ।

राप्ती ७ वडा कार्यालयको सहयोगमा करिव ९ सय मिटर बाटो तथा कल्र्भट निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभाव वराल,पुर्व साँसद गोविन्दराम चेपाङ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई,वडाध्यक्षहरु सुमिता डल्लाकोटी,वुद्धिराज थपलिया,मेनुका पाठक,इन्जिनियर अर्जुन पौडेल लगायत स्थानीयवासीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...