‘काठमाडौं पढ्न आएपछि राजनीतिका कारण जेल पर्दा छोरी पढाएपछि यस्तै हुन्छ भन्दै बदनाम गरियो’



हाम्रो इकोनोमि

 

जसरी कैयन हावाहुरी र आँधीतुफान झेलेर पनि पहाड अडिक रहन्छ, त्यस्तै लाग्छ राजनीतिमा पहाडजस्तै उचाई बनाउनुभएकी नेता पम्फा भुसालको संघर्षको कथा ।

छोरीले गरेको राम्रो कामलाई छोरासंग तुलना गर्ने समाजभित्र उकुस मुकुस परेकी पम्फा भुसाललाई (शहिद) टंक प्रसाद भुसालले नयाँ गोरेटोमा पाइला टेकाउनु भयो ।

सानैदेखि छोराछोरीको भेदभावलाई केलाउन सक्ने र त्यसको विरुद्ध आवाज उठाउने पम्फालाई टंक भुसालसंगको भेटले राजनीतिमा ल्याइपुर्यो ।

विभेद विरुद्धको लडाइ लड्न राजनीतिमा लाग्नु पर्ने सल्लाह टंक प्रसाद भुसालबाट मिल्यो ।

काँडैकाँडाले जेलेको समाजभित्र फुल्नु पम्फाका लागि ठूलै चुनौति थियो ।

छोरी पढाउनु हुँदैन भन्ने समाजका विरुद्ध उत्रिएकी पम्फा स्कुलमा सधै होल फस्ट हुने छात्रा हुन ।

‘म स्कुल पढ्न निस्कीएपछि गाउँलेहरु कुरा काट्नकै लागि भेला हुन्थ्ये ।

तर मेरो आमाले सधै साथ दिनु भयो, पम्फाले भन्नु भयो ।’
पम्फा परिवारको तेस्रो सन्तान हुनुहुन्छ ।

उहाँको परिवारमा राम्रो लगाउन र खान दुःख नभएपनि छोरी छोरी भएकोले समाजबाट अपहेलनाको समाना हरेक पाइलामा गर्नु परेको थियो ।

घरमा छोरा नभएको कारण साईला बुबाले नक्कली लालपूर्जा बनाएर उहाँको परिवारको सम्पत्ति हड्प्ने योजनामा मुद्धा दर्ता गरे ।

आफ्नो सम्पत्ति बचाउन उहाँको परिवारले १८ वर्षसम्म अदालतको ढोका ढकढकाउनु पर्यो ।

जनता प्रा.वि आपखोलामा कक्षा पाँचसम्म अध्यान सकेपछि बाँकी पढाईको लागि पम्फा सरदरमुकाम सन्धिर्खक आउनु भयो । सन्धिखर्कमा रहेको जनज्योति माविमा भर्ना हुनु भएको उहाँ स्कुलमा कहिल्यै दोस्रो हुनु परेन ।

समाजिक र लैगिङ्क समस्याको समाधान गर्ने पार्टी कम्युनिष्ट हो भन्ने लागेपछि २०३३ सालमा विद्यार्थि सदस्यता लिइन । पंञ्यायत कालमा प्रतिबन्धित संगठनको सदस्यता लिनु चानचुन बिषय थिएन । विद्यार्थिको सदस्यता लिदा उहाँ १४ वर्षको हुनुहुन्थ्यो ।

०३६ सालमा अर्घाखाँचीबाट एस.एस.सी गर्ने एक्लो छात्रा पम्फा । एसएलसी लगत्तै उच्च शिक्षा हाँसिलका लागि काठमाडौं छिर्नु भएको पम्फा पुलचोक इन्जीनेयरिड कलेजमा भर्ना भएर विद्यार्थि राजनीतिमा सक्रिय रहनु भयो । त्यो बेला छोरी मान्छे एक्लै काठमाडौ पढ्न आउनु भनेको समाज र परिवारमा ठुलो विद्रोह थियो ।

०३७ सालमा महंगी विरुद्ध सबै विद्यार्थिसंगठनले गरेको आन्दोलनमा राज्य र राज दरवार विरुद्ध कडा अभिब्यक्ति दिए लगत्तै प्रसासनले उहाँको नाममा वरेन्ट जारी गर्यो ।

वारेन्ट जारी भएको लगत्तै असोजमा ललितपुरको मंगलबजारबाट.शान्ति सुरक्षा ऐन अन्तरगतको मुद्धामा उहाँ पहिलो पटक जेल जानु पर्यो । आत्मसमर्पण गराउन जेलर र अञ्चलाधिशले उहाँलाई ठूलै कोशिस गरे । आत्मसमर्पण गर्नु भन्दा जेल बस्नु ठिक हो भन्ने लग्यो र पम्फा डेढ महिला जेल बस्नु भयो । उहाँ तीन पटक जेलपर्नु भयो भने थुप्रै पटक हिसातमा पुलिसको लाठी खानु पर्यो ।

घरमा भोक हडताल गरेर काठमाडौ पढ्न पुगेकी छोरी जेलमा परेको सुन्दा बुबा आमाले छोरी बाँचे भन्दा मरे ठीक हुन्थ्यो भन्नु भएको कुरा पम्फाले सुनाउनु भयो ।

उता गाउँलेहरु छोरी पढाएपछि यस्तै हुन्छ भन्दै पम्फाको बदनाम गर्नेमा जुटे । जसको कारण घरपरिवारले ठूलो समाजिक दवाब झेल्नु पर्यो ।
तर, उहाँ आफ्नो अगाडि आउने हरेक चुनौतिको सामू फलामे किल्ला बनेर खडा हुनुभयो । पम्फाको बिरुद्ध कुरागर्ने समाजका मान्छेहरु अहिले एक किलो मिटर टाढैबाट नम्कार गर्दै, उहाँको प्रसंसामा समय खर्च गर्दछन् ।

०३५ र ०३६ सालको आन्दोलनमा सशक्त रुपमा लाग्नु भयो । विद्यार्थी आन्दोलनको बेला पुलिसका लाठी उहाँको शरिरले धेरै पटक भेटे ।
उहाँ ०३९ सालमा विद्यार्थीको केन्द्रिय सदस्य बने लगत्तै सम्पूर्ण समय राजनीतिमा लगाउनु भयो । विद्यार्थि आन्दोलनको बेला उहाँलाई मरिचमानदेखि मनमोहनसम्म सबै सरकारले गिरफ्तार गरे ।

कम्युनिष्ट पार्टीको सदस्य र महिला संघ

जेलबाट छुटेको लगत्तै (०३७ सालमा) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको हातबाट पार्टी सदस्यता पाउनु भयो । त्यसपछि भूमिगत रहेको अनेमसंघको केन्द्रिय सचिव बन्नुभयो । जसको अध्यक्ष साहित्यकार पारिजात हुनुहुन्थ्यो । ०३८ सालमा भएको महिलासंघको राष्ट्रिय सम्मेलनले पम्फालाई महासचिव बनायो ।

यो सम्मेलन भारतको अयोद्यामा भएको थियो । महिलासंघ प्रतिबद्धित भएकोले भूमिगत रुपमा काम गर्नु पर्दथ्यो ।

जनयुद्धकालिन अबस्था र जिम्मेवारी

नेता पम्फा भुसाल २०५१ सालमा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष बन्नु भयो । नेपालमा पार्टीको अध्यक्ष बन्ने पम्फा पहिलो महिला हो । २०४८ सालमा उहाँ आबद्ध पार्टीले चुनावमा भाग लियो र देशमा तेस्रो ठूलो दल बन्यो । त्यसपछि पार्टीको एकता महाधिवेशन भयो । महाधिवेशनले ‘जनयुद्ध‘को कार्यदिशा पारित ग¥यो ।

कार्यदिशा अनुरुप ‘जनयुद्ध‘को तयारीमा पार्टीको नाम नेकपा (माओवादी) राखियो । २०५२ फागुन १ गतेदेखि ‘जनयुद्ध‘ सुरु भयो । ०५१ सालमै भूमिगत रुपमा रहेको पार्टी माओवादीको केन्द्रिय सदस्य हुनुभयो । ०५२ सालमा दिर्घकालिन जनयुद्धको बाटो समातेको उहाँको पार्टी माओवादी १० बर्षपछि फेरि संसदिय राजनीतिमा आई पुग्यो ।

०६५ सालमा माओवादीको पि वि एम हुनभयो । त्यसको लगत्तै उहाँको पार्टी पुट्यो । प्रचण्ड र मोहनबैद्धको नेतृत्वमा दुईवटा पार्टी गठन भए, एकीकृत माओवाद र ड्यास माओवादी ।

उहाँ एकिकृत चौथो महाधिवेशन, मशाल, एकता केन्द्र हुँदै माओवादीमा निरन्तर क्रियासील हुनुभयो र माओवादीले थालेको जनयुद्धको सुरुदेखि अन्त्यसम्मै उहा आफ्ना कार्यक्षेत्रका मोर्चाहरुमा सहभागी हुनुभयो ।

जनयुद्ध शुरुहुँदाको बेला उहाँ पश्चिम सेती–महाकालीको जिम्मेवारी लिएर काम गर्नुभएको थियो । त्यसपछि माओवादीको आधार इलाका राप्तीमा आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्हाल्नुभयो । युद्धका मोर्चाहरुमा उहाँ राजनीतिक कमिसारको भुमिका खोल्नु भयो ।

०६२ मा पार्टीले ढाडमा टेकेर टाउकामा हान्ने फौजी रणनीति र सङघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीति बनाएपछि सहर केन्द्रित आन्दोलनको कमाण्ड गर्दै गण्डक क्षेत्र आइपुग्नु भयो । ०५९ सालमा सेनाको घेरा तोडेर एक रात जंगलमा बिताएको कुरा सबैभन्दा धेरै याद छ उहाँलाई ।
नवलपरासीमा ०६२ फागुन ४ गते जमिनबाट सेनाको घेरबन्दी र आकाशबाट बम बर्षा छल्दै मृत्युको मुखबाट बाच्न सफल नेता पम्फा गण्डक आइपुग्दा माओवादी र सात दलबीच १२ बुँदे सम्झौता भयो ।

०६३ बैशाख १३ गते पार्टीले युद्धबिराम गरी शान्ति प्रकृयामा आएपछि पार्टीले गठन गरेको केन्द्रीय वार्ताटोलीमा पम्फा एकमात्र महिला सदस्य हुनुहुन्थ्यो ।
उहाँ पार्टीभित्र मात्र होइन बाहिर पनि स्पष्ट विचार राख्न सक्ने प्रखर वक्ताको रुपमा परिचित हुनुहुन्छ ।

जीवनका मुल्यवान समय समाज परिवर्तनको लागि राजनीतिमा खर्च गर्नुभएको नेता भुसालले अझै देशमा महिलाहरुको लागि अर्को ठूलो लडाइको आबश्यकता देख्नु भएको छ ।

जनयुद्धका मुल्यमान्यतालाई संस्थागत गर्न नसक्दा प्रतिक्रान्तिको भनुभूति उहाँले गर्नु भएको छ । त्यसैले उहाँ भन्नुहुन्छ ‘जनयुद्ध नेपाली महिलाका लागि गोल्डन अवसर थियो । पहिलो संविधानसभासम्म आउँदा त्यसले निरन्तरता पायो तर अहिले महिला सहभागित र महिला आन्दोलन ओरालो लागेको छ । यो नेपाली महिला मुक्तिको लागि सबैभन्दा दुःखको कुरा हो।’

सरकार र संबिधानसभा

०६२/६३ को जनआन्दोलन पछि गठन गरिएको अन्तरिम सरकारमा पम्फा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुनुभयो ।
पम्फा पहिलो संविधानसभाको चुनावमा ललितपुर क्षेत्र नं. ३ बाट एमाले नेता रघुजित पन्तलाई पछाडि पार्दै भारिमतले विजय हासिल गर्नु भएको थियो ।
पहिलो गणतान्त्रिक सरकारमा सामान्य प्रशासन मन्त्री समाल्नु भएको भुसालले ०६८ मा शान्ति तथा पुर्नरनिर्माण मन्त्रालयको जिम्मा पाउनु भयो ।

संविधानसभाको शासकीय स्वरुप निर्धारण समिति र संसद्को राज्य व्यवस्था समितिमा सदस्य बन्नु भएको नेता भुसालले आफ्ना विचारहरू सधै बुलन्द गर्नु भयो । .समितिमा उहाँले जनताले निर्वाचित गरेको कार्यकारी प्रमुख राष्ट्रप्रमुख र सरकार प्रमुख हुनुपर्नेमा आफ्नो मत राख्दै आउनु भयो । जनयुद्ध सुरु हुनुभन्दा १० दिन अघि देउवा सरकारलाई बुझाउन ४० बुँदे माग पत्र बोकेर जाने महिला पनि हुनुहुन्छ पम्फा । जसको नेतृत्व डाक्टर बाबुराम भट्टराईले गर्नुभएको थियो ।

उहाँ महिला मन्त्री हुँदा घरेलु हिंसा विरुद्धको विधेयक व्यावस्थापिका संसदमा पहिलो पटक दर्ज गर्नु भयो । राजनीतिमा अपराधी करण र अपराधीमा राजनीतिक करण भएको कारण नेपालमा महिला हिंसाका घटना बढेकोमा उहाँ सारै चिन्तित हुनुहुन्छ ।

२००७ साल देखि नेपालमा भएका परिवर्तनकारी आन्दोलनले उठाएका एजेण्डाहरु राजनीतिक दलका मुख्य नेताहरुले धोका दिएको हुँदा उपलब्धी संस्थागत हुन नसकेको उहाँको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...