‘प्रेमगीत ३’मा राजेश हमाल प्रदीपको बुवा बन्दै !



हाम्रो इकोनोमि

 

अभिनेता राजेश हमाल चलचित्र ‘प्रेमगीत ३’मा अनुबन्धित भएका छन् । निर्माता सन्तोष सेनको निर्माणमा बनेको सफल चलचित्र प्रेमगीतको तेस्रो सिरिजमा राजेश हमाल फाइनल भएका छन् ।

बुझिए अनुसार चलचित्रमा राजेश नायक प्रदिप खड्काको बुवाको भूमिका देखिनेछन् ।

आसुसेन ब्यानरबाट बन्न लागेको प्रेमगीत ३ मा प्रदीप फाइनल भइसकेका छन् भने हमालसँग चलचित्रको लागी यतिबेला टिमले कुरा गरिरहेको छ ।

त्यस्तै चलचित्रमा नायिका पनि फाइनल नभइसकेको बताइएको छ । निर्माण पक्षको अनुसार चलचित्रमा नयाँ नायिकाको खोजी भइरहेको छ ।

यसअघिको प्रेमगीतमा पूजा शर्मा र प्रेमगीत २मा अश्लेष ठकुरीको मुख्य भूमिका रहेको छ ।

चलचित्रको पहिलो सिरिजलाई सुदर्शन थापा र दोस्रो सिरिजलाई रामशरण पाठकले निर्देशक गरेका थिए ।

यसपटक चलचित्रलाई छेतन गुरुङले निर्देशन गर्दछन् । हाल प्रदीप आफ्नो नयाँ चलचित्र लभ स्टेशनको प्रमोसनमा व्यस्त छन् जुन यहि चैत्र २२ गतेबाट रिलिज हुदैँछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...