अब केहिदिनमै नेपालीको दानापानि बन्द हुन्छ



हाम्रो इकोनोमि

 

 

कैलाली जिल्ला अदालतले रमेश चौधरीलाइ जन्मकैदको फैसला सुनाएपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले आक्रोश व्यक्त गरेको छ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध कडा संघर्ष गर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गरे ।

उनले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेशी समुदायका असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको उल्लेख गरे ।

उनले समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र शुरु गर्ने बताए ।

यसैगरी अर्का अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले सांसदलाई फौज्दारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने बताए । उनले मधेश आन्दोलन र थारूहट आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेमा सवै सत्यतपथ्य जनताले थाहा पाउने बताए ।

राजपा नेपालको आन्दोलन मधेश केन्द्रित हुने भएकाले यदि यस पटक पनि मधेश आन्दोलनमा भारतबाट आउने सामग्रीमा पूर्ण प्रतिवन्ध लगाए जस्तै यसपटक पनि नेपालीको लागि दानापानी बन्द हुने निश्चित जस्तै छ। त्यसका लागि राजपाले केहिदिनमै विशाल आन्दोलन सुरु गर्ने घोषण गरेको छ।

अर्का नेता साँसद त्रिपाठीले भने– अदालतले न्याय गरेन

सांसद हृदयश त्रिपाठीले रेशम चौधरीलाई अदालतले न्याय गर्न नसकेको बताएका छन् ।

बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद त्रिपाठीले अदालतले फैसला गरेपनि न्याय भने दिन नसकेको टिप्पणी गरे । भने,‘ हाम्रा अदालतले फैसला गर्छन् न्याय गर्दैनन् भनेर एकजना पूर्व प्रधानन्यायाधीशले आजै मलाई भन्नुभएको थियो, यो कुरा सही लाग्यो ।’

कैलाली क्षेत्र नम्बर एकबाट विजयी भएका रेशम चौधरीलाई टिकापुर काण्डमा दोषी ठहर गर्दै बुधबार कैलाली जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएको छ ।

अदालतको फैसला आएसँगै रेशम चौधरीको पार्टी राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

रेशम चौधरीको फैसलाविरुद्ध काठमाडौंलगायत थरुहट जिल्लामा विरोध प्रदर्शन गर्ने घोषणा

निर्वाचित सांसद रेशम चौधरीलाई अदालतबाट जन्मकैद फैसला भएको विरोधमा थारु संगठनहरुले शुक्रबार काठमाडौं लगायत थरुहट जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने भएका छन् ।

थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थरुहट/थारुवान संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले शुक्रबार दिउँसो ३ बजे काठमाडौंको माइतीघर मण्डला लगायत थरुहट तराईका सम्पूर्ण जिल्ला सदरमुकाम तथा प्रमुख शहरहरुमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएका हुन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेको हो ।

विरोध तथा धर्ना कार्यक्रममा कालोपट्टी बाँध्ने र हातमा तराजु बोक्ने पनि उनीहरुले जनाएका छन् । त्यस्तै फागुन २५ गते थारु कल्याणकारिणी सभा र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको बृहत्त बैठक बसेर संघर्षका भावी कार्यक्रम तथा रणनीति तय गर्ने समेत जनाइएको छ ।

थारु कल्याणकारिणी सभा केन्द्रीय समितिका महामन्त्री प्रेमीलाल चौधरीले आफूहरु शान्तिपूर्ण रुपमा अधिकार प्राप्तिको लागि संघर्षरत रहेको सुनाए ।

उनले भने, ‘हामी देश टुक्र्याउने र हिंसात्मक लडाई गरिरहेका छैनौं । हामी त शान्तिपूर्ण रुपमा अधिकारको लागि लडाईमा छौं ।’ अधिकार प्राप्ति नभएसम्म संघर्षलाई जारी राख्ने उनले चेतावनी दिए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी केन्द्रीय अध्यक्ष एवम् थरुहट÷ थारुवान संयुक्त संघर्ष समितिकी सदस्य रुक्मिणी चौधरीले आफूहरुलाई राज्यले ठूलो विभेद र अत्याचार गरेको आरोप लगाईन् ।

उनले भनिन्,‘राज्यमा एउटामात्रै संविधान छ, शासन विधि छ, थारु समूदाय हामी पनि यो देशका नागरिक हौं ।

थरुहट तराईलाई राज्यले उपनिवेशीकरण गरेको छ । हामीलाई गैरनागरिकको दर्जा दिईएको छ । हामीविरुद्ध ठूलो अत्याचार र दमन गरेको छ ।’

२०७२ भदौ ७ गते टिकापुरमा घटेको घट्ना आफुहरुले नघटाएको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘यो घट्ना हामीले घटाएका होईनौं भनेर राज्यलाई बारम्बार भन्यौं ।

तर, राज्यले सुनेन् । अहिले आएर हाम्रा साथीहरुलाई आजिवन जन्मकैद गराएको छ । जबकी यो घट्नालाई हामीले स्वीकारेका छैनौं । के को आधारमा जन्मकैद सुनाईयो ?’

उक्त घट्नाबारे अहिलेसम्म तयार पारिएका ८/९ वटा प्रवितेदन तत्काल सार्वजनिक गर्नुपर्ने उनको माग छ ।

उनले भनिन्, ‘अहिलेसम्म तयार पारिएका सम्पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । हामीले सोही प्रतिवेदनको आधारमा फैसला सुनुवाईयोस भनेका थियौं ।’

उनले टिकापुर घट्ना व्यक्तिगत नभई राजनीतिक घट्ना भएकोले सोही अनुसार यसको समाधान गर्नुपर्ने पनि स्पष्ट पारिन् । उनले भनिन्,‘यो राजनीतिक घट्ना हो । यसको राजनैतिक रुपमै समस्या हल गर्नुपर्छ । झुठा मुद्दा फिर्ता गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...