नेपाल आईडल निलिमा थापामगरको नयाँ गित सार्वजनिक ( भिडियो सहित )



हाम्रो इकोनोमि

 

नेपाल आईडलको अन्तिम 7 प्रतिश्पर्धी पोखराकी निलिमा थापा मगरको पहिलो साङ्केतिक गित स्वतन्त्रताको अधिकार सार्वजनिक भएको छ।

आज अर्थात अन्तर्राष्ट्रिय महिला दिबसको अवसरमा गित बजारमा लेराईएको हो

नेपाल आईडल सिजन 2 कि एक मात्र गोल्डेन माईक बिजेता हुन निलिमा थापा मगर।

यश गितमा निलिमा थापा मगरको स्वर रहेको छ भने यस गीतमा शव्द , म्युजिक र अरेन्ज रंजन गाएकको रहेको छ भने सिनेमाटोग्राफी तथा सम्पादन सबिन गाएक को रहेको छ।

क्रेजी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गित बिनोद रसाईलीले रेकर्ड गरेका हुन। गितलाई म्युजिक भाईब्स ( Music Vibes ) नामको YouTube च्यानल बाट बजारमा लेराईएको छ।

नेपाल आइडलको दोश्रो सिजनको पनि सफलताका साथ सम्पन्न भए पछि अहिले बिजेता टोलिहरु कोहि देश बिदेशको कार्यक्रममा ब्यस्त छन भने कोहि आफ्नो आगामी प्रोजेक्टहरुमा ब्यस्त छन।

नेपाल आईडलका अर्का प्रतिश्पर्धी कृशल कन्डेलको यश अघिनै 2 वटा गित बजारमा आईसकेको छ। त्यस्तै निलिमा थापाको पनि धेरै गितहरु रेकर्ड भैइसकेको छन भने ती गितहरु रिलिजको पर्खाइमा रहेका छन।

नेपाल आईडलको यात्रामै रहदा निलिमाको स्वास्थमा आएको समस्याको कारण उनको अगाडी यात्रा कठिन बनेको थियो ।

निलिमाको लागि नै भनेर पोखरामा निलिमा जिताउ अभियान सक्रियता का साथ सन्चालन पनि भएका थिए। हेर्नुहोस उनै निलिमाको पहिलो गित बजरमा आएको छ यो भिडियोमा।

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...