पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार !



हाम्रो इकोनोमि

 

भारत र पाकिस्तानबीच कुन समयमा युद्ध हुने हो भन्ने त्रासमा सबै मानिस डुबेका छन् । यहीबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरेको शान्तिको प्रयास गरेका छन् ।

तर उनले गरेको शान्ति वार्ता अपिल भारतले अस्वीकार गरेको छ । पाकिस्तानी सेनाको कब्जामा रहेको भारतीय पाइलटलाई रिहा गर्ने बचन दिएका खानले त्यो पुरा गर्नुभएको छ ।

हिजै भारतले आफ्नो पाइलत फिर्ता पाएको छ । पाकिस्तानले आतंकवाद लगायतका सबैं विषयहरुमा बसेर वार्ता गर्न चाहेको पाकिस्तानी प्रधानमन्त्री खानको भनाई रहेको छ ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो खेलको सुरुवात भएको र आफुले पुरा खेल खेल्न चाहेको बताउँनु भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरानले युद्ध होईन शान्तीको पथ रोजौ भन्ने सन्देश दिँदै पाईलटलाई छोड्ने निर्णय गर्नुभएको थियो । खानको सुझबुझ र यस्तो निर्णयलाई यतिबेला धेरैले प्रशंसा गरिरहेका छन् तर भारतीय सेनाले भने पाकिस्तानले कुनै सद्भावनाको सन्देश नदिएको प्रतिक्रिया दिएको छ ।

एक पत्रकार सम्मेलन गर्दै भारतीय सेनाले पाकिस्तानले पाईलट अभिनन्दनलाई छोड्नुको कारण सद्भावनाको संकेत नभई जेनेभा सम्झौताको कारण भएको बताएको छ । भारतीय सेनाका भाइस मार्शल आरजीएम कपुरले भननुभयो, “हामी खुसी छौँ की अभिनन्दन रिहा हुँदैछन् तर यसलाई पाकिस्तानको सद्भावनाको संकेत मान्दैनौ ।”

यसैगरी भारतीय सेनाले पाकिस्तानले खसालेको भनिएको भारतीय लडाकु विमान दुर्घटनामा परेको दाबी गरेको छ ।

तर उत्ता पाकिस्तानले भारतीय सेना र मिडियामा आएको पाकिस्तानी वायु सेनाको विमानबारेको खबर गलत्त भएको जनाउँदैं आएको छ ।

उसले सो विमान दुर्घटनामा परेको तर पाकिस्तानले त्यसलाई खसालेको दाबी गरेको बताएको छ ।

उता भारतले पाकिस्तानको लडाकु विमान समेत खसालेको दाबी गरेको छ तर पाकिस्तानले भने भारतले खसालेको भनी दावी गरेको विमान सञ्चालनमा नै नआएको बताएको छ ।

तर विश्वभरी नै पाकिस्तानका प्रधानमन्त्री इमरानको यो कदमको प्रशंसा गरिएको छ । उनी अब नोबेल शान्ति पुरस्कारका भागिदार हुन् भनेपनि विश्वभरीका मानिसले भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...