पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार !



हाम्रो इकोनोमि

 

भारत र पाकिस्तानबीच कुन समयमा युद्ध हुने हो भन्ने त्रासमा सबै मानिस डुबेका छन् । यहीबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरेको शान्तिको प्रयास गरेका छन् ।

तर उनले गरेको शान्ति वार्ता अपिल भारतले अस्वीकार गरेको छ । पाकिस्तानी सेनाको कब्जामा रहेको भारतीय पाइलटलाई रिहा गर्ने बचन दिएका खानले त्यो पुरा गर्नुभएको छ ।

हिजै भारतले आफ्नो पाइलत फिर्ता पाएको छ । पाकिस्तानले आतंकवाद लगायतका सबैं विषयहरुमा बसेर वार्ता गर्न चाहेको पाकिस्तानी प्रधानमन्त्री खानको भनाई रहेको छ ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो खेलको सुरुवात भएको र आफुले पुरा खेल खेल्न चाहेको बताउँनु भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरानले युद्ध होईन शान्तीको पथ रोजौ भन्ने सन्देश दिँदै पाईलटलाई छोड्ने निर्णय गर्नुभएको थियो । खानको सुझबुझ र यस्तो निर्णयलाई यतिबेला धेरैले प्रशंसा गरिरहेका छन् तर भारतीय सेनाले भने पाकिस्तानले कुनै सद्भावनाको सन्देश नदिएको प्रतिक्रिया दिएको छ ।

एक पत्रकार सम्मेलन गर्दै भारतीय सेनाले पाकिस्तानले पाईलट अभिनन्दनलाई छोड्नुको कारण सद्भावनाको संकेत नभई जेनेभा सम्झौताको कारण भएको बताएको छ । भारतीय सेनाका भाइस मार्शल आरजीएम कपुरले भननुभयो, “हामी खुसी छौँ की अभिनन्दन रिहा हुँदैछन् तर यसलाई पाकिस्तानको सद्भावनाको संकेत मान्दैनौ ।”

यसैगरी भारतीय सेनाले पाकिस्तानले खसालेको भनिएको भारतीय लडाकु विमान दुर्घटनामा परेको दाबी गरेको छ ।

तर उत्ता पाकिस्तानले भारतीय सेना र मिडियामा आएको पाकिस्तानी वायु सेनाको विमानबारेको खबर गलत्त भएको जनाउँदैं आएको छ ।

उसले सो विमान दुर्घटनामा परेको तर पाकिस्तानले त्यसलाई खसालेको दाबी गरेको बताएको छ ।

उता भारतले पाकिस्तानको लडाकु विमान समेत खसालेको दाबी गरेको छ तर पाकिस्तानले भने भारतले खसालेको भनी दावी गरेको विमान सञ्चालनमा नै नआएको बताएको छ ।

तर विश्वभरी नै पाकिस्तानका प्रधानमन्त्री इमरानको यो कदमको प्रशंसा गरिएको छ । उनी अब नोबेल शान्ति पुरस्कारका भागिदार हुन् भनेपनि विश्वभरीका मानिसले भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...