सिके राउत नेकपा प्रवेश गर्ने, ओली र प्रचण्डले माला लगाउने



हाम्रो इकोनोमि

 

 

स्वतन्त्र मधेसको एजेण्डासहित आन्दोलनरत सिके राउतले आफुले नेतृत्व गरेको स्वतन्त्र मधेस गठनबन्धन बिघंठन गरि नेकपा प्रवेशको तयारी गरेका छन । आजै दिउँसो गठबन्धन बिघंठन गर्ने तयारी भएको राउत निकट स्रोतले जानकारी दिएको छ ।

 

राज्यद्रोहको मुद्दामा हिरासतमा रहेका राउत र नेकपाको नेतृत्वबीच भित्रभित्रै भएको वार्तामा राउतले पृथकतावादी गतिविधि परित्याग गर्न आफुले नेतृत्व गरेको पार्टी समेत बिघठन गरि नेकपा प्रवेश गर्ने सहमति भएको थियो ।

 

समाचार स्रोतका अनुसार आज प्रधानमन्त्रीसहित नेकपाका शिर्ष नेताहरुको उपस्थितीमा स्वतन्त्र मधेश गठबन्धनको बिघंठन गर्ने तर नेकपामा राउतलाई दिने जिम्मेवारीको बिषयमा सहमति नजुटेका कारण पार्टी प्रवेशको घोषणा अर्को हप्ता गर्ने तयारी छ ।

 

अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।

 

मधेसमा नेकपाको पहिलो जनसभा, एक लाख जनता उतार्ने तयारी

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला दुई अध्यक्ष शनिबार मधेस झर्ने भएका छन् । पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभा गर्न लागेको हो ।

 

रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले बताए । उनले २ नम्बर प्रदेशका आठै जिल्लाबाट एक लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिए ।

 

संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा गर्न नसकेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको उनले बताए । जनसभामा नेताहरुले नेकपाको मधेस नीतिबारेमा जनतालाई जानकारी दिने मण्डलले बताए ।

 

 

पछिल्लो समय नेकपाको पार्टी एकता कार्यदलसमेत भंग भएपछि तल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकीकरण अन्यौलमा परेको छ । यसबीचमा सचिवालय बैठक बोलाउन नेताहरुले आग्रह गरिरहेका बेला अध्यक्षद्वय ओली र प्रचण्ड जनसभामा निस्कन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...