महिला दिवसको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथिको हिंसाले नारी सम्मानको मौलिक नेपाली सभ्यतालाई नै चुनौती दिइरहेको बताएका छन् ।परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहे पनि हिंसाजन्य गतिविधि चुनौतीका रुपमा खडा भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

 

‘हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौती दिइरहेका छन्’, १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब विद्यमान विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न सक्नु पर्दछ ।’

बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गरेका प्रधानमन्त्रीले शासकीय पद्धतिको परिवर्तनले संघीय संरचनामा बढाएको महिलाको प्रतिनिधित्वप्रति भने प्रसन्नता व्यक्त गरेका छन् ।

महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास गर्दागर्दै पितृसतात्मक सोचले केही समस्या सिर्जना गरेको उल्लेख गर्दै उनले त्यसमाथि सुधारको खाँचो औंल्याए ।

‘आधा आकाश र आधा धर्ती ओगट्ने महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प साकार हुनसक्दैन । त्यसैले महिला सशक्तीकरणका लागि संघ, प्रदेश र स्थानीयतहले आ–आफ्नो स्थानबाट नयाँ सोचका साथ नीति, योजना र कार्यक्रम तय गरी लागू गर्नेछन् भन्ने कुरामा म विश्वस्त छु’, ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रबद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्ने व्यक्तित्वहरूको स्मरण पनि शुभकामना सन्देशमार्फत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...