मिस नेपाल शृंखला खतिवडा च्याम्पियन्स लिग हेर्न पेरिस



हाम्रो इकोनोमि

 

 

मिस नेपाल शृंखला खतिवडा च्याम्पियन्स लिग फुटबलको खेल हेर्न पेरिस पुगेकी छिन्।

च्याम्पियन्स लिगको बुधबार राति भएको पिएसजी (पेरिस सेन्ट जर्मेन) र म्यानचेष्टर युनाइटेबीचको खेल हेर्न उनी पेरिसस्थित पिएसजीको रंगशाला पुगेकी थिइन्।

मिस नेपाल शृंखलाले उक्त खेल हेरिसकेपछि सामाजिक सञ्जाल फेसबुकमा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा लगायतसँग खिचेको तस्बिरसमेत सार्वजनिक गरेकी छन्।

पोग्बासँग शृंखलाले फ्रान्सलाई यसवर्ष विश्वकपको उपाधि दिलाएका प्रशिक्षक डेडिएर डेस्च्याम्पस र म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक लिजेन्ड सर एलेक्स फर्गुसनसँग खिचिएको तस्बिर सार्वजनिक गरेकी छिन्।

उक्त खेल इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पिएसजीलाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।

खेल युनाइटेड ३–१ ले विजयी भयो। यसअघि पहिलो लेगमा पिएसजीले २–० को जित निकालेको थियो।

जसका कारण समग्रमा खेल ३–३ मा सकियो। यद्यपि पिएसजीको मैदानमा ३ गोल गरेको फाइदा उठाउँदै युनाइटेड अवे गोलको आधारमा अन्तिम ८ मा पुगेको छ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...