विखण्डनवादी सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा रिहा राखेर अनुसन्धान गर्न भनेको हो । जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
केही महिनायता काठमाडौँमा थुनामा रहेका ‘विखण्डनवादी नेता’ सीके राउतलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई छाड्न आदेश दिएको हो। स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई राज्य द्रोहको मुद्दा लागेको थियो ।