नेपालमा हिंसा भड्काउन ‘रअ’ र मोदीको प्लान, अमेरिकी गुप्तचरले ‘लिक’ गर्यो गोप्य योजना



हाम्रो इकोनोमि

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा)का बारेमा अमेरिकाको गुप्तचर निकायका प्रमुखले ठूलो खुलासा गरेका छन् । अमेरिकनहरूले सन् २०१९ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाजपा र मोदीका बारेमा सनसनीपूर्ण खुलासा गरेपछि दक्षिण एशियामा हलचल उत्पन्न भएको छ ।

 

अमेरिकाको नेशनल इन्टेलिजेन्सका निर्देशक डन कोट्सले भाजपाले निर्वाचन अगाडि भारतमा धार्मिक द्वन्द्व (हिंसा) गराउने तयारी गरेको दाबी गरेका छन् । निर्देशक कोट्सको रिपोर्टलाई उदृत गर्दै अमेरिकन अनलाइन पत्रिका ‘न्युज १८ डटकम’ले भारतमा हिन्दू र मुस्लिम समुदायबीच धार्मिक हिंसा भड्काउने तयारी भएको खुलासा गरेको छ ।

 

भारतमा हिन्दू र मुस्लिम धर्मबीच धार्मिक दंगा फैलियो भने त्यसको असर नेपालमा पनि पर्नेछ । भारतले आफ्नो गुप्तचर संस्था ‘रअ’लाई प्रयोग गरेर छिमेकी राष्ट्रहरूमा पनि धार्मिक दंगा गराउन सक्ने स्रोतको भनाई छ ।

 

भारतले नेपालमा पनि त्यो खतरनाक खेल नखेल्ला भन्न सकिँदैन । भारतको निर्वाचनलाई लिएर नेपाल सरकारले बेलैमा सुरक्षा सर्तकता अपनाउनु पर्ने जानकारहरू बताउँछन् । खुला सिमाना भएका कारण भारतमा कुनै पनि दंगा हुनेवित्तिकै नेपालमा त्यसको प्रभाव पर्न सक्छ ।

 

धार्मिक दंगा नभए पनि भारतमा अपराध गरेर नेपालमा आएर अपराधीहरू लुक्न सक्ने विश्लेषण गरिएको छ । नेपाल–भारतको सीमालाई अहिले देखिनै चेकजाँचमा कडाइ गर्नुपर्ने सुझावहरू आउन थालेका छन् ।भाजपाले भारतमा हिन्दूधर्म स्थापनाका लागि सन् २०१९ को संसदीय निर्वाचनलाई भरपुर उपयोग गर्ने रणनीतिमा रहेको रिपोर्टमा उल्लेख छ । भारतमा मुस्लिमभन्दा धेरै हिन्दू छन् ।

 

धर्मनिरपेक्ष भारतलाई हिन्दूराष्ट्र बनाउन भाजपाले हिन्दूहरूको भोट तान्न चाहन्छ । त्यो भोट आफूतिर तान्न हिन्दू र मुस्लिम धर्मबीच हिंसा भड्काएर द्वन्द्व गराउन खोजेको अमेरिकाले आरोप लगाएको छ ।भारतमा नरेन्द्र मोदी र भाजपा पछिल्ला दिनहरूमा अलोकप्रिय हुँदै गएका छन् । आफ्नो बर्चश्व बचाइराख्न मोदी र उनको दल भाजपाले भारतमा दङ्गा फैलाउने गरेर रणनीति बनाएको आरोप लगाइएको छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानविरुद्ध सैनिक कारबाही गरेर निर्वाचनको फण्डा बनाउन खोजेका थिए । तर, मोदीको त्यो फण्डा धेरै दिन टिक्न सकेन ।पाकिस्तानले मोदीको सबै चालहरूको पर्दाफास गरिदिएको छ । यो घटनाले मोदी र भारतको विरोध भएको छ भने पाकिस्तान र प्रधानमन्त्री इमरान खानको विश्वभरि प्रशंसा गरिएको छ ।

 

मोदीको रणनैतिक चाल बुझेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमाथि त्यति धेरै ठूलो सैन्य बल प्रयोग गरेनन् । मोदीले निर्वाचनका बेला आफू र अलोकप्रिय बन्दै गएको आफ्नो दल भाजपामाथि सहानुभूति जुटाउन पाकिस्तानमाथि हमला गरेका थिए ।

 

पाकिस्तानले आफ्नो भूमिमा उड्दै गरेको भारतको फाइटर प्लेनका पाइलटलाई जिउँदै पक्राउ गरी सकुशल फिर्ता गरेर मोदीको खेलको पर्दा उघारी दिएपछि भारतीय नागरिकहरू नै चकित परेका छन् ।भारतीय प्रधानमन्त्री मोदीका पछिल्ला गतिविधि र भाजपाका नेताहरूका अभिव्यक्तिले पनि अमेरिकनहरूको रिपोर्टलाई मद्धत गरेको विश्लेषण गर्न थालिएको छ ।युनाइटेड पोष्ट साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...