डा. चिरञ्जिवी नेपालको यति धेरै अकुत सम्पती कहाँबाट आयो



 

बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने अख्यिार प्राप्त निकाय नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालको अकुत सम्पती रहेको पाइएको छ । पाल्पाको सामान्य किसान परिवारबाट आएका डा.नेपालकोे सबै सम्पती जोड्ने हो भने उनलाई नवकुवेर भन्दा फरक नपर्ने देखिएको छ । गर्भनर नेपालले हालै बुझाएको सम्पती विवरण पढेर राष्ट्र बैंककै अधिकारीहरु तीन छक्क परेका छन् ।

 

सम्पती विवरण अनुसार उनको ललितपुर महानगरपालिकामा मात्रै एक रोपनी भन्दा बढी जग्गा रहेको छ । गभर्नर नेपालकी श्रीमती सुमन नेपालको नाममा ललितपुर महानगरपालिकामा ५ आना २ पैसामा बनेको साढे दुई तले घर रहेको छ । उक्त घर उनले तलव, पारिश्रमिक, सञ्चय कोषलगायतको रकमले खरिद गरेको देखाएका छन् ।

 

यसैगरी, ललितपुरमै सुमन नेपालकै नाममा ११ आना ३ दामको अर्को कित्ता जग्गा रहेको छ । उक्त जग्गा उनले तलव, विदेश भ्रमण, ऋण, पैतृक सम्पती बिक्री गरेर खरिद गरेको देखाएका छन् । ललितपुरमै सुमन नेपालको नाममा दुई आना दुई पैसा जग्गाको अर्को कित्ता पनि रहेका छ । उक्त जग्गा सम्पती विवरणमा उल्लेख भएपनि कुन स्रोतवाट खरिद गरे भन्ने बारेमा भने केही खुलाएका छैनन् ।

 

जग्गामा धनी गभर्नर नेपाल गरगहनामा पनि पनि कुवेर नै देखिएका छन् । उनीसँग ४० तोला सुन छ । अहिलेको बजार भाउ अनुसार उक्त सुनको बजार मूल्य करीब २५ लाख पर्छ । उनले त्यो सुन नोकरी, दाइजो र पैतृक सम्पतीबाट कमाएको उल्लेख गरेका छन् । यसैगरी गभर्नर नेपालसँग हिराको सेट, औठी पनि छ । तर, उक्त सेट कुन स्रोतबाट खरिद गरिएको भनेर उल्लेख गरिएको छैन् । यसैगरी उनीसँग ३०० तोला चाँदी पनि रहेको छ ।

 

गर्भनर नेपालसँग अचल सम्पती मात्र होइन, चल सम्पती पनि अथाह रहेको छ । उनको आफ्नो र श्रीमतीको नाममा मात्रै करीब १४ लाख रुपैयाँ बैंक मौजात रहेको छ । गभर्नर नेपालको माछापुच्छे बैंकको खातामा ७ लाख ७८ हजार रकम रहेको छ । त्यो रकम कुन स्रोतबाट आएको भन्ने उनले खुलाउन सकेका छैनन् । उनकी श्रीमती सुमनको नाममा सिभिल बैंकमा रहेको खातामा ६ लाख १६ हजार रकम रहेको छ । उनले उक्त रकम तलव भत्ता, विदेश भ्रमण, पैतृक सम्पतीबाट प्राप्त भएको उल्लेख गरेकी छिन् ।

 

नेपालले जग्गा, गरगहना तथा बैंक मौजातमात्रै जम्मा गरेका छैनन् ठूलो मात्रामा बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गरेका छन् । पुँजी बजारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुँदा उनमा सेयर मोह पलाएको थियो । त्यसबेलादेखि सेयरको खेलो फड्को गर्न थालेका उनले विभिन्न बैंकको २४८ कित्ता सेयर खरिद गरेका छन् । उनकी श्रीमती सुमनको नाममा पनि विभिन्न बैंक तथा वित्तीय संस्थाको ५७६ कित्ता सेयर रहेको छ ।

 

यसैगरी, छोरी शुभेच्छा नेपालको नाममा पनि बिभिन्न बैंक तथा वित्तीय संस्थाको १६१ कित्ता सेयर खरिद गरेर राखेका छन् । उनीहरुले तलव र भत्ता बचत गरेर सेयर खरिद गरेको जनाएका छन् । पैसाको छेलोखेलो भएका गभर्नर नेपालले साथीभाई तथा आफन्तलाई पनि रकम बाँड्दै लगानी गर्न भ्याएका छन् । उनले साथीभाई तथा आफन्तलाई २० लाख रुपैयाँ ऋण लगानी गरेको देखिएको छ ।

 

नेपाली काँग्रेस नेतृत्वको सरकारकापालामा गभर्नर बनेका नेपालले पछिल्ला दिनका बिलासिताको जिन्दगी विताइरहेका छन् । उनी राष्ट्र बैंकको ७५ लाख पर्ने गाडीमा सयर गर्छन भने गभर्नर नेपालकी श्रीमतीले सुमन नेपालको नाममा आईटेन गाडी रहेको छ । जसको मूल्य अहिले करीब २५ लाखको हाराहारीमा छ । यसैगरी आफूसँग टेलिभिजन, ल्यापटप दुई र मोबाइल तीन थान रहेको पनि गभर्नर नेपालले आफ्नो सम्पती विवरणमा देखाएका छन् ।

 

पछिल्लो समय सरकारले गाडी आयातलाई निरुत्साहित गर्न कुल मूल्यको ५० प्रतिशत मात्र बैंकले लगानी गर्न पाउने नीति ल्याएको छ । सरकारले विदेशबाट आयातित बस्तुलाई निरुत्साहित गर्ने नीति ल्याउने तयारी गरिहेका बेला सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहेको राष्ट्र बैंक र त्यसको नेतृत्व सम्हालिरहेका गभर्नर भने बिलासी गाडी चढ्छन् र बैंक तथा वित्तीय संस्थालाई ऋणको चर्को व्याज किन लिएको भन्दै थर्काइरहेका छन् ।

 

पछिल्ला दिनमा देखाएको विलासी चरित्रका कारण बैंकर्सहरुको छाता संगठन नेपाल बैंकर्स संघसँगको सम्बन्ध पनि सुमधुर छैन् । सोही कारण मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मध्यराति मात्र खुसुक्क राष्ट्र बैंकको वेभसाइडमा राखेर उनले कुलेलम ठोक्नु परेको थियो । नियमक निकायले मध्यरातमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्नुले पनि उनको हविगत के छ भन्ने प्रष्ट हुँदै गएको छ । लगानीयोग्य रकम तरलताको अभाव खेपिरहेका बैंकहरुलाई राहत हुने किसिमको नीति ल्याउनु पर्नेमा राष्ट्र बैंकका गभर्नर बिलासितामै रम्न पुग्नुलाई बैंकर्सहरु अचम्म मानिरहेका छन् ।

 

राष्ट्र बैंकका गभर्नरले अवकास पछि पनि आफुले चढ्दै आएको गाडी घर लैजान पाउने सुविधा भएकाले उनले अहिलेदेखि नै बिलासी गाडी रोजेर चढन थालेको राष्ट्र बैंक स्रोतको भनाइ छ । गभर्नर नेपालको कार्यकाल समाप्त हुन एक वर्ष मात्रै छ । उनी आगामी वर्ष २०७६ को चैत ७ गते गभर्नरबाट विदा हुँदै छन् । गभर्नरबाट अवकास पाएपछि पनि अहिले उनले चढदै आएको गाडी लान पाउने छन् ।

 

त्यतिमात्रै होइन, केही समय अघि मात्रै कार्यालयमा आउने पाहुना ओसार पसारका लागि समेत २ वटा गाडी खरिद गरेका छन् । गभर्नर नेपालले डेढ करोड भन्दा माथि मूल्यका २ वटा टोयोटा गाडी खरिद गरेर पाहुना आसोर पसार गरिरहेका मात्रै छैनन्, श्रीमती, आफन्तसमेतलाई सेवा दिइरहेका छन् ।

 

उच्च मूल्यका बिलासी गाडी खरिद गर्नु केन्द्रीय बैंकको नीति विपरित हो । तर, उनले त्यस्तो नीतिलाई धज्जी उडाउँदै नयाँ गाडी खरिद गरेर पाहुनालाई भन्दा श्रीमतीलाई बढी सेवा दिएका छन् । अकुत सम्पतीका धनी गभर्नर नेपाल पछिल्लो समय राष्ट्र बैंकलाई दुहुनो गाई जस्तै बनाएका छन् । नेपालको कानुन अनुसार दाईजो लिनदिन पाइदैन । तर उनले सम्पती विवरणमा सो कुरालाई उल्लेख गरेर कानुनको समेत धज्जी उडाएका छन् ।प्रकाश खबरबाट

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी