विप्लवको गाउँमा गोली हानाहान, ठूलो मात्रामा हतियार बरामद



 

 

प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ । अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा हानेको हो । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको छ । विप्लवको कार्यक्रर्ताले पनि प्रहरीमाथी आक्रमण गर्दा दुई जाना प्रहरी घाईते भएका छन ।

 

प्रहरीको गोली लागेर उनी घाइते भएका छन् । खुट्टामा गोली लागेका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको घरकाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ ।

 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको गाउँबाट प्रहरीले ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको छ । प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । पक्राउ गरेका व्यक्तिको नाम अहिले गोप्य राखिएको छ ।

 

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढी अञ्चलपूर स्थित नेकपा कार्यकर्ता दुर्गाबहादुर रोकाको घरबाट एसएमजी २ थान, त्यसमा लाग्ने म्यागेजिन ३ वटा, त्यसका गोली ६८ थान, एम १६ हतियारका १ सय २९ वटा गोली, चाईनिज पेस्तोल १ थान, म्यागेजिन  २ थान, रिमोट १ थान, वायरिङ तार ४० मिटरलगायतका हतियार र बिस्फोटक सामग्री बरामद गरेको हो ।

 

त्यसक्रममा प्रहरीको गोली लागेर नेकपाका केही कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वमा गएका ३ टोलीले स्थानीय १५ भन्दा बढी घरमा छापा मारेको थियो ।

 

विप्लवका भतिज यादव चन्दको घरमा प्रहरीको विशेष टोलीले बिहीबार बिहान सर्च अपरेशन गरेपछि केहीबेर तनाव सिर्जना भएको थियो । प्रहरीले छापा मार्ने क्रममा स्थानीय बासिन्दा प्रतिकारमा उत्रिँदा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका छन् ।

 

बिहीबार बिहान ३ बजे पूर्व पश्चिम राजमार्गभन्दा ३ किलोमिटर दक्षिणमा रहेको शिवगढी गाउँमा पुगेको प्रहरी टोलीले घेरा हालेर स्थानीय घरहरुमा छापा मारेको थियो । त्यसक्रममा स्थानीय विद्ध्यालयका विद्ध्यार्थीले अवराेध समेत गरेका थिए । शिवगढी गाउँमा विप्लवको आधार ईलाका रहेको र हतियार समेत निर्माण गर्ने थलोका रुपमा प्रहरीले यसअघिदेखि नै निगरानी बढाएको थियो ।

 

कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीमा प्रहरी र स्थानीयबीच तनाव सिर्जना भएको छ। नेत्र विक्रम चन्द ‘विप्लव’ को घर समेत रहेको शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेपछि स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको हो।

 

प्रहरीको विशेष टोलीले बिहीबार बिहान यादव चन्दको घरमा शर्च अपरेसन गरेको थियो। यादव चन्द विप्लवका भतिजा हुन्। सर्च अपरेसनपछि चन्दको घरमा केही हतियार भेटिएको प्रहरीले जनाएको छ।

 

प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिदा दुईजना प्रहरी सामान्य घाइते भएका छन्। स्थानीयबासीले प्रहरीलाई ढुङ्गा प्रहार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए।

 

विशेष सुराकीको आधारमा प्रहरीले चन्दको घरमा अपरेशन गरेको हो। प्रहरीले आफ्नो काम शान्तिपूर्वक रुपमा गरिरहँदा एक्‍कासीले विद्यार्थी र स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेको प्रहरी निरीक्षक उपाध्यायले बताए।

 

एकोहोरो ढुङ्गा प्रहार भैरहँदा प्रहरीले निकै संवेदनशीलता अपनाएका कारण ठूलो घटना हुनबाट बचेको उनको दाबी छ। ‘घटनास्थलमा विद्यार्थीको बाक्लो उपस्थिति थियो, उनले भने, ‘हामीले प्रतिकार गर्दा विद्यार्थीको मानसिकतामा असर पर्ला भनेर  संवेदनशीलता अपनायौं।जसले गर्दा ठूलो दुर्घटना हुन पाएन।’ शिवगढी दाङ जिल्लासँग जोडिएको स्थान हो।यहाँ विप्लवका परिवारको बसोबास रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको