प्रहरीको पाइन्ट, स्वेटर, ज्याकेट खरिदमा पचास करोडको चलखेल



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीले आर्थिक बर्ष सकिन साँढे ४ महिनाअघि चुस्तादेखि ऊलन पाइन्ट, ऊलन स्वेटर, पार्का ज्याकेट खरिदका लागि आपूर्तिकर्तालाई बोलपत्र स्वीकृत गर्ने आसयपत्रको लागि सूचना निकालेको छ । जाडोमा खरिद गर्नुपर्ने सामान आगामी असारमा समेत आउने छेकछन्द नभएको प्रहरी स्रोत बताउँछ । प्रहरीले २०७५ फागुन १४ गते चार किसिमका सामान खरिदको आसयपत्र जारी गरेको थियो ।

२०७५ फागुन १७ गते थप ७ थरीका सामान खरीदका लागि आसयपत्रको सूचना निकालेको हो । प्रहरीले लगभग पचास करोड रुपैयाँ बराबरका सामान खरीदका टेण्डर स्वीकृति गरिएका प्रायः ठेकेदारहरू प्रबन्धका हाकिमहरूसँग कनेक्सन भएका हिजोका सेटि¨वाला रैथानेहरू नै रहेका छन् ।

जाडोमै खरीद गर्नुपर्ने सामान आर्थिक बर्षको आठ महिना बितेपछि टेण्डर स्वीकृत गरिएको छ । ७ दिनको समय आसयपत्रका लागि र सम्झौताका लागि थप २१ दिनको समय दिनुपर्ने हुन्छ । २०७५ चैत ७ गतेभित्र सम्झौता भए कानूनअनुसार १ सय २० दिनभित्र सामान बुझाउने समय ठेकेदारहरूले पाउँछन् । ठेकेदारहरूका अनुसार, १ सय २० दिनभित्र पनि सामान बुझाउन गाह्रो कठिन हुन्छ ।

यसअघि तोकिएको समयमा सामान नबुझाएर पटक पटक म्यादथप गर्नुपरेको नजिर छ । त्यही आधारमा पनि यो आर्थिक बर्षको असार मसान्तभित्रै ठेकेदारहरूले सामान बुझाउनसक्ने अवस्था छैन । प्रहरीले टेण्डर नै ढिला गरेका कारण २०७६ असार मसान्तभित्रै ठेकेदारहरूले सामान बुझाउन गाह्रो पर्ने स्रोत बताउँछ । त्यसकारण यो आर्थिक बर्षमा पनि प्रहरीले चुस्तादेखि आवश्यक सामान पाउन सम्भव नभएको स्रोत बताउँछ ।

प्रहरीको टेण्डर पाउनेमा प्रबन्धका हाकिमहरूसँग साँठगाँठ भएका सेटि¨ वाला हिजो चलखेल गर्दै आएका रैथाने ठेकेदारहरू नै रहेका छन् । ७ करोड ९७ लाख ४० हजारको चुस्ताको ठेक्का ज्ञानेन्द्र बस्नेतको प्लस प्वाइन्ट टे«डिङ नयाँबानेश्वरले मिलेमतोमा हात पारेको स्रँेत बताउछ छ । बस्नेतकै जय सलिना इन्टरप्राइजेजले ४ करोड ५१ लाख ८ हजारको कटन सर्टको ठेक्का पाएको छ । ज्ञानेन्द्र बस्नेतकै स्वामित्वको यूरेसिया बिजनेश प्रालिले ७९ लाख ८० हजार मूल्य बराबरको मस्क्वीटो नेट सप्लाइ गर्ने ठेक्का पाएको ठेकेदार स्रँेत बताउछ ।

२ करोड ५६ लाख २५ हजार ५ सय रुपैयाँको ऊलन पाइन्टको ठेक्का राजमान मिश्रको जे.एम.बी.डी. इन्टरनेशनल चावहिलले पाएको छ । ठेकेदार मिश्रको जीभीएम इन्टरनेशन नामक कम्पनीलाई सेनाले कालोसूचीमा राखेपछि उनले जे.एम.बी.डी. इन्टरनेशनल दर्ता गरी ठेक्का लिंदै आएका छन् ।

 

६४ लाख ६० हजारको रुक्स्याक ब्यागको ठेक्का दीपक भट्टको क्रोनवाल बिजनेश ट्रेडर्स नागार्जुनले पाएको छ । पिताम्बर मुन्काको क्राउन टेक्सटाइलले २ करोड ४६ लाख ३७ हजार ५ सय रुपैयाँको अन्डर ट्राउजर भेष्ट सेट र २ करोड २८ लाख ९६ हजारको ऊलन स्वेटरको ठेक्का प्रहरीबाट पाउन सफल भएको छ ।

३ करोड ५५ लाख ७२ हजार ५ सयको पार्का ज्याकेटको ठेक्का टोपेन्द्र बीसीको क्यामो फ्ल्याग नेपाल टे«डिङ प्रालि क्षेत्रपाटीले पाएको छ । बीसी नेपाल टेलिकमका कर्मचारी हुन् । उनले श्रीमतीको नाममा कम्पनी दर्ता गरी सुरक्षा निकायमा करोडौंको ठेक्काको काम गर्दै आएको स्रँेत बताउछ ।

रितेश अग्रवालको एसके टे«डर्स धरान सुनसरीको १ करोड ५० लाखको स्लीपीङ ब्याग आपूर्ति गर्ने बोलपत्र स्वीकृत भएको छ ।
सबैभन्दा ठूलो रकमको ठेक्का सिप्रदी ट्रेडिङले पाएको छ । फोर ह्वील डबल क्याब पिकअपका सप्लाईका लागि १२ करोड २४ लाख ८९ हजार ११५ रुपैयाँ १ पैसाको सिप्रदीको टेण्डर स्वीकृतिका लागि आसयपत्र सार्वजनिक गरिएको छ ।

प्रशासन विभागका प्रमुख एआइजी ठूले राई, प्रबन्धका डीआइजी नारायण खड्का, डीएसपी नवराज थापा र इन्स्पेक्टर केशवप्रसाद गौतमले प्रहरीमा विगतदेखि नै काम गर्दैआएका ठेकेदारहरूसँग नै सेटिङ मिलाएर ठेक्का दिएको आरोप छ । आइजीपी सर्वेन्द्र खनाललाई गुमराहमा राखी नमूना टेष्टको गुणस्तर रिपोर्ट नै गडबड गरी कागजपत्र तलमाथि पारेर ठेक्का स्वीकृत गरेको आरोप प्रबन्धका हाकिमहरूमाथि लागेको छ ।

गुणस्तर टेष्टको रिपोर्टमात्र होइन, कागजात नै नपुगेका बोलपत्र पनि स्वीकृत गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे पुष्टि हुने प्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार, एकातिर आर्थिक बर्षभित्र सामान आउने निश्चितता छैन भने अर्कोतिर प्रक्रिया नै नपुगेका बोलपत्र आर्थिक चलखेलका आधारमा स्वीकृत गरिएको छ । साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...