विप्लवको घरमा प्रहरी छापा, गोली हानेर एक जना समातियो



हाम्रो इकोनोमि

 

प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ । अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा हानेको हो । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको छ ।

 

प्रहरीको गोली लागेर उनी घाइते भएका छन् । खुट्टामा गोली लागेका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको घरकाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ ।

 

विप्लवलाई मोहनविक्रमको चेतावनी

 

नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आफ्ना पार्टीका समर्थक विभिन्न गाउँपालिकाहरूमा जबर्जस्ती चन्दा असुली र उनीहरूका कार्यक्रमहरूमा सहभागि हुन धम्की दिने गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

 

महामन्त्री सिंहले बिहीबार एक वक्तव्य जारी गर्दै विप्लव समुहलाई त्यस्तो धम्की नदोहोर्याउन चेतावनी दिएका हुन् ।

‘हामी यस्तो गतिविधिलाई हामी गलत मान्दछौँ र विरोध गर्दछौँ ’ वक्तव्यमा भनिएको छ ।  महामन्त्री सिंहले नेकपा विप्लब पक्षलाई आफ्नो मित्र शक्ति मानेपनि उनीहरूले आफूप्रति शत्रुतापूर्ण व्यवहार अपनाउँदै गइरहेको जनाएका छन् ।

‘उनीहरू र हाम्रा बीचमा भएका कतिपय राजनीतिक मतभिन्नताका कारणले उनीहरूका आन्दोलनका सबै कार्यक्रमहरूलाई हामीले समर्थन गर्न नसक्ने कुरा प्रष्ट छ । त्यो अवस्थामा उनीहरूले आफ्ना आन्दोलनको समर्थनका लागि कुनै पनि प्रकारको दवाव दिने वा जबर्जस्ती गर्ने कार्य हाम्रा लागि सह्य हुन सक्दैन ।

उनीहरूले त्यस प्रकारको कुनै कारवाही गरेमा त्यसको हामीले सशक्त प्रकारले प्रतिरोध गर्ने कुराको पनि जानकारी गराउन चाहन्छौँ,’ सिंहले चेतावनी शैलीमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...