प्रहरीलाई मारेपछि रेशमलाल चौधरीले भने, बधाई छ भाइ, एसएसपी हत्याको भिडियो रेकर्ड



हाम्रो इकोनोमि

 

टिकापुर हत्याकाण्डमा तत्काल दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीको सम्बन्धमा सनसनीपूर्ण बयान सार्वजनिक भएको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको नरसंहारमा संलग्न भनी बुधबार मात्रै दोषी ठहर गरिएका रेशमलाल चौधरीसहित ११ जनामध्ये एक जना प्रतिवादीले दिएको बयानले यतिबेला सनसनी मच्चाएको छ ।

 

जिल्ला अदालत कैलालीमा साबिती बयान दिने क्रममा प्रतिवादी करन चौधरीले बयान दिने क्रममा आफूले प्रहरीलाई मार्दा रेशम चौधरीले काँधमा हात राखेर आफूलाई बधाई दिएको बताएका छन् ।
करन चौधरीले बयान दिने क्रममा भनेका छन्, ‘वारदात हुँदा मैले प्रहरीलाई मारे पश्चात मलाई रेशमलाल चौधरी र नाम थाहा नभएका व्यक्तिहरुले काँधमा राख्दै बधाई छ भाइ भनी भनेका थिए ।’

 

एसएसपीको हत्या हुँदा भिडियो रेकर्ड गरिएको थियो

त्यसैगरी प्रतिवादी करन चौधरीले अदालतमा बयान गर्ने क्रममा भनेका छन् कि प्रहरी अधिकारीहरुलाई हत्या गर्ने क्रममा त्यसको भिडियोसमेत बनाइएको थियो । जिल्ला अदालत कैलालीले तयार पारेको १ सय ९७ पृष्ठको फैसलाको पूर्ण पाठमा करनको बयानबारे उल्लेख गरिएको छ । उक्त बयानमा करनले भनेका छन्, प्रतिवादी राजाराम चौधरीले वारदातमा प्रहरीलाई मार्दाको अवस्थामा मोबाइलमा रेकर्ड गरेको देखेको हुँ । त्यहाँ अन्य मानिसले पनि रेकर्ड गरिरहेको देखेको हुँ तिनीहरुको नाम थाहा छैन ।’

 

करन चौधरी लगायतका प्रतिवादीको साविबती बयानका आधारमा तत्कालका लागि निलम्बित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...