निर्मला प्रकरण : पूर्व डीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ



हाम्रो इकोनोमि

 

निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी,  इन्सपेक्टर एकेन्द्र खड्का र  चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले  जानकारी दिए ।

 

कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता भएको थियो । यातना र प्रमाण नष्टसम्बन्धी मुद्दाको अनुसन्धान सकेर अदालतमा मुद्दा बुझाउने क्रममा संलग्न प्रतिवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताए ।

 

तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) विष्ट चाहिँ पक्राउ परेका छैनन् ।  निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मुद्दाको फाइल बुझाएको छ ।

 

खड्ग विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का विरुद्धमुद्दा दायर गरेका थिए ।

 

निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध मुद्दा दायर गरेकी थिइन् ।  सरकाले प्रहरी उपरीक्षक (एसपी) विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् ।  २०७५ साउन १० गते निर्मला पन्तको शव उखुबारीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...