टीकापुर घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीका आफन्त भन्छन्- न्याय पायौं‌



हाम्रो इकोनोमि

 

टीकापुर काण्डमा ज्यान गुमाएका सुरक्षाकर्मीका आफन्तहरुले न्याय पाएको प्रतिक्रिया दिएका छन्।

घटनाको फैसलापछि घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीका आफन्तले न्याय पाएको बताए।

घटनामा ज्यान गुमाएका कञ्चनपुर बेलौरीका प्रहरी निरीक्षक केशव बोहराका बुबा प्रेमसिंह बोहराले अदालतको फैसलाले आफूहरुलाई केही राहत दिएको नेपाल लाइभलाई बताए।

‘अदालतको पूर्ण फैसला त सुन्न पाएको छैन। तर, दोषीलाई कारबाही  हुने फैसला गरिएको थाहा पाएको छु,’ उनले भने, ‘अदालतको यस्तो फैसला कार्यान्वयन भए परिवारले न्याय पाएको महसुस गर्नेछ।’

‘दोषीलाई कारबाही हुनुपर्छ। सोही अनुसार अदालतले केही व्यक्तिलाई कैद सजाय सुनाएको छ,’ पीडित बोहराले सांसद् रेशम चौधरीलाई लक्षित गर्दै घुमाउरो पारामा भने, ‘जसलाई निर्दोष हो भनी चर्चा गरिएको थियो, त्यसलाई अदालतले कैद सजाय सुनाएकोले निराश हुनु पर्ने कुरा भएन।’

उनले अदालतले दोषीलाई कारबाही र निर्दोषलाई छोडेको हुनसक्ने ‘लख काटेको’ बताए।

सोही घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टका भाइ भरत विष्टले दाजुको हत्या भएको करिब साढे तीन वर्षपछि फैसला सुनाईएको भए पनि न्यायको अनुभुति भएको प्रतिक्रिया दिए।

‘जुन फैसला भएको छ, त्यसले खुशी बनाएको छ,’ नेपाल लाइभसँगको टेलिफोन वार्तामा विष्टले भने, ‘देशमा कानुन रहेछ भन्ने आभाष भएको छ।’

आफनो र परिवारका सदस्यहरुको आँशु  रोक्न फैसलाले सहयोग गर्ने उनले बताए।

घटनामा एक बालकको समेत हत्या गरिएको थियो। ६ वर्षीय टेकेन्द्र साउदका हजुरबुबा जंगबहादुर साउदले पनि फैसलाले न्याय महसुस भएको बताए।

‘दोषीलाई कारबाही होस् भन्ने मेरो पहिलेदेखिकै माग हो, दोषीलाई कारबाही गर्ने फैसला भएछ,’  उनले भने, ‘कानुन मान्ने मान्छेलाई कानुन सम्मत न्याय भएको छ। पिडामा मलम लागेको छ।’

घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहोरा, प्रहरी हवल्दारद्वय श्यामबहादुर खड्कासहित जनक नेगी र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद सशस्त्रकै हवल्दार राम विहारी थारूलाई थरूहट/थारूवान पक्षधर आन्दोलनकारीहरूले नियन्त्रणमा लिइ भाला, खुकुरी र धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

सासंद रेसम चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, वृज मोहन डषैरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३(३) नम्बरको व्यवस्था अनुसार जन्मकैद सजाय सुनाइएको हो।

तर श्रवण चौधरी नाबालक भएकाले आधा अर्थात १० वर्ष सजाय तोकिएको छ। उनलाई अहिले सुधार गृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...