विप्लवलाई तताउँदै बाबुराम भने फेरि ज्वाला फर्किने खतरा



 

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव समूहको क्रियाकलापलाई गम्भीरतापूर्वक लिन सरकारलाई सचेत गराएका छन् ।

 

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले विप्लव समूहले रक्तश्राव गरेर राज्यलाई कमजोर पारिराख्ने सामथ्र्य राख्ने भन्दै बेलैमा त्यसतर्फ सचेत हुन आग्रह गरेका हुन् ।

 

विप्लव समूहमा भर्भराउँदो युवाहरु लागेको देख्दा चिन्ता लागेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विकास समृद्धि र सुशासन दिन नसकेमा फेरि आन्दोलनको ज्वाला उठ्न सक्नेतर्फ सचेत गराए ।

 

‘विप्लव समूहमा भर्भराउँदो खालको युवाहरु खटेको देख्दा बढो चिन्ता लागेर आयो । उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन् । यदि हामीले ठीक ढंगले बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई सुशासन दिन सकेनौं भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु’ उनले भने ।

 

विप्लवको बाटो ठीक छैन भन्नेमा कुनै भ्रम नभए पनि उनीहरुले राज्य कमजोर पारिराख्न भने सक्ने बताए । ‘त्यो बाटो ठीक छैन । अहिलेको दिनमा त्यसले कहिँ पनि पुर्‍याउँदैन । त्यसमा मलाई कुनै पनि भ्रम छैन’ भट्टराईले भने ‘तर उनीहरुले रक्तश्राव गरेर ब्लिडिङ गरेर यो राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य राख्छन् ।’

 

भट्टराईले विप्लव समूहसँगै तराई मधेसमा असन्तुष्ट समूहले पृथकतावादी कुरा लिइरहेको भन्दै त्यसलाई हल गर्न सरकारले बेलैमा सचेत हुनुपर्ने बताए । लामो समय विदेश र पश्चिम नेपालको भ्रमणमा रहेका नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले आज संसदमा आफ्नो लम्बेतान मन्तब्य राखे ।

 

मन्तब्य मोटामोटी सरकारलाई सुझावको रुपमा थियो । यस क्रममा उनले विदेशी विश्वविद्यालयको सिकाइदेखि दुर्गम गाउँका भोगाइसम्म सुनाउन भ्याए । उनले कोट्याएका केही प्रसंग रोचक नै थिए । सामान्यतः सांसदहरुले संसदमा ‘रेकर्ड’ गर्नुपर्ने विषय नठानिएको कुरालाई उनले सुनाए ।

 

एक महिने पुष्पलाल राजमार्गको भ्रमणको क्रममा उनले देखेका भोगेका कुरा संसदमा सुनाएका थिए । गाउँमा स्थानीय जनप्रतिनिधिहरुसँगको कुराकानीका प्रसंग कोट्याउँदै उनले समस्या समाधानको लागि सुझावको रुपमा पेश गरेका थिए ।

 

खासगरी संघीयता लागु गर्ने, कानुन निर्माण, सीमांकन, नामाकरण लगायत समस्य उनले संसदलाई सुनाएका थिए । यस्तै गाउँका स्कुलमा शिक्षक नपुगेको, अस्पताल अभावबारे पनि उनले सम्बोधनको क्रममा राखे ।

 

गाउँका किसानका समस्या सुनाउने क्रममा डा. भट्टराईले भोजपुरका किसानको बाँदर आतंकको समस्या पनि सुनाएका थिए । ‘भोजपुरको अरुण गाउँपालिकाका अध्यक्षसँग तपाईँको मुख्य समस्या के हो भनेर मैले सोधेँ । उहाँले बाँदर आतंक भन्नुभयो । ठट्टा हो कि भन्ठानेको साँच्चै नै रहेछ । सुन्दा ठट्टा जस्तो लाग्ने तर साँच्चिकै समस्या रहेछ ।’

 

भट्टराईले गाउँमा खेतीयोग्य जमिन जंगलमा परिणत हुने अवस्था आएकोमा चिन्ता व्यक्त गरेका थिए । सानो समस्या जस्तो देखिए पनि गम्भीर समस्याको रुपमा किसानका समस्या संसदमा उनले सुनाए । यस्तै परम्परागत शीपको रुपमा रहेको खलाँती चलनलाई नयाँ प्रविधियुक्त सुधार्नुपर्ने उनले सुझाव दिए । यस्तै छाउपडी समस्या पनि उनले प्रस्तुत गरेका थिए ।

 

ब्यापारीका काुरा

पश्चिमी क्षेत्रका अर्को रोचक प्रसंग पनि भट्टराईले सुनाए । खासमा यो चर्को व्याजदरको मर्का थियो । बैतडी उद्योग वाण्ज्यि मासंघका उपाध्यक्ष खिमानन्द भट्टको कुरालाई उनले जस्ताको त्यस्तै संसदमा रेकर्ड गराए ।

 

भट्टलाई हवाला दिँदै भट्टराईले भने, ‘ब्यापारी कमाउन छाडेपछि बर्बाद हुन्छ, नेता कमाउन थालेपछि बर्बाद हुन्छ ।’ यसलाई उनले असन्तुलित ब्याजदरको समस्याको रुपमा संसदमा सुनाएका हुन् । आफूहरुका लागि व्यंग्य रहेको भन्दै यसबारे पनि सोच्नुपर्ने उनको भनाइ थियो ।

 

यसबाहेक उनले विदेश भ्रमणको क्रममा केही नेपाली डायस्पोराका प्रगति पनि सुनाएका थिए । अमेरिकास्थित सिलिकन भ्यालीका नेपालीको शीप र ज्ञानलाई उपयोगी बनाउनसक्ने उनको सुझाव थियो । चीन र अमेरिकाबीच शितयुद्धको असरबारे आफूहरु सचेत हुनुपर्ने समेत भनेका थिए ।

 

नेता भट्टराईले संविधान संशोधन, कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जानुपर्ने, विप्लव समुह, मधेस लगायत असन्तुष्टहरुसँग संवाद लगायत एजेन्डामा सुझाव दिन भ्याए ।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही