नागरिकता लिँदा बाबुको पहिचान नचाहिने



हाम्रो इकोनोमि

 

 

 नेपालमा जन्म भई बाबुको पहिचान नभएका व्यक्तिलाई बाबुको पुष्ट्याई बेगर नै आमाको नाममा वंशजको नागरिकता दिने सहमति बनेको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकले नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेका व्यक्तिलाई नागरिकता दिने सहमती गरेको हो ।

नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याँइसहित निज वा निजको आमाले गरेको स्वघोषणा गरेमा मात्र वंशजको नागरिकता दिने व्यवस्थालाई हटाउँदै बाबुको पुष्ट्याँइ नचाहिने व्यवस्था राखेको हो ।

तर बच्चा बाबु भए नभएको व्यहोरालाई भने अभिलेखमा राखिने भएको छ ।

संविधानको धारा ११ को को उपधारा ५ ले नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ भन्ने उल्लेख गरेको छ ।

तर संविधानको यो व्यवस्था भएपनि समितिमा यसविषय विवादित बन्दै आएको थियो । संविधानले गरेको व्यवस्थामा समितिमा एकमत नभएपछि गृह मन्त्रालयले पुष्ट्याँइ भन्ने शब्द राख्न नहुने प्रस्ताव गरेको थियो ।

गृहसचिव प्रेमकुमार राईले संविधानबमोजिम जाने हो भने पुष्ट्याँइलाई राख्न नमिल्ने बताए ।

तर गृह मन्त्रालयले नै ल्याएको विधेयकले भने पुष्ट्याँइ आवश्यक पर्ने उल्लेख गरेको थियो ।

समितिमा उपस्थित गृहसचिव प्रेमकुमार राईले गृह मन्त्रालयमा अहिलेसम्म १ सय ५० जना व्यक्तिले बाबुको पत्ता नलागेको भन्दै नागरिकता दिन निवेदन दिएको बताए ।

यसैगरी समितिले गैर नेपाली नागरिकलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने व्यवस्थामा पनि सहमती जुटाएको छ ।

 

अब गैर आवासीय नेपाली नागरिकले राजनीतिक अधिकार बाहेका अधिकार उपयोग गर्न पाउनेछन् ।

गैर आवासीय नेपाली नागरिकता पाउने व्यक्तिले नेपाली वा नेपालमा बोलिने अन्य कुनै मातृभाषा बोल्न जानेको हुनुपर्ने व्यवस्थामा सहमती जुटेको छ भने गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई शपथ गराउनु पर्ने विषयमा पनि सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...