नेता नेपालका ५ रोचक पक्ष : रक्सी पिउँदैनन्, विदेश छाड्दैनन्



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल ६६ बर्षको उमेरमा दौडिरहेका छन् । कतिपयले उनको जन्म तारिखका आधारमा ६ मार्च मान्ने गरेका छन् ।

 

तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लागेका उनी २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्य भए । २०२८ सालमा सङ्गठन विस्तारका लागि काठमाडौं आए ।

 

राजनीतिको उतारचढाव जति नै आए पनि उनले कम्युनिस्ट पार्टीको नेतृत्व भने लामो समयसम्म गरे । अवसरलाई उनी छाड्दैनन् । उनीबारे पार्टी भित्र र बाहिर पनि विभिन्न गसिप चल्ने गरेका छन् ।

 

ती मध्ये उनका ५ रोचक पक्ष यस्ता छन् ।

१. नेपालमा क्रिश्चियन सम्मेलन गराउनका लागि भुमिका निर्वाह गरेको भन्ने आरोपमात्र लागेको थिएन, होली वाइन पिएको चर्चा पनि कम थिएन । तर, उनै नेपाल मदिरा भन्दा निक्कै टाढा रहेको बताइन्छ । उनी कहिले पनि रक्सी पिउँदैनन् ।

 

२. सम्भवतः कम्युनिस्ट नेताहरू मध्ये सबैभन्दा बढी विदेश भ्रमणमा जानेमा नेपाल नै पर्छन् । उनी कम्तिमा पनि २० भन्दा बढी देश कयौं पटक पुगिसकेका छन् । नेकपाभित्र विदेश भ्रमणको निम्तो आयो भने अरु नतम्सिए पनि नेपालले त्यो अवसरचाहिँ छाड्दैनन् । नेपालले भारत, चीन, फिलिपिन्स, अमेरिका, बङ्गलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्स, लक्जेम्बर्ग, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युवा, मलेसिया, कतार, भुटान, श्रीलङ्का, माल्दिभ्स, स्वीडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, अस्ट्रिया, हङ्गेरी, पूर्वमाल, संयुक्त अरब इमिरेट्स र काजकिस्तान लगायतका मुलुकहरू भ्रमण गरिसकेका छन् ।

 

३. उनलाई पार्टीभित्र अडान नभएको नेता पनि भनिन्छ । त्यसकारण कतिपय समिकरणको नेतृत्वमा परे पनि आफ्नै कार्यकर्ताले पत्याउँदैनन् । उनको बलियो पिल्लर भनेका सुदूरपश्चिमका नेता भीम रावल पनि अहिले उनीविरुद्ध सक्रिय छन् । उनको पकड युवादेखि अन्य जनसंगठनमा पनि कमजोर रहेको दाबी गरिन्छ ।

 

४. पद भनेपछि अति नै आशक्ति देखाउने उनको बानी छ । त्यसैकारण नेकपा एकीकरणका बेला वरियताको रोलक्रम मिच्न उनी पछि परेनन् । नेता झलनाथ खनालको बरिष्ठता मिच्दै वरियताको तेस्रो नम्बर आफूले राखेका थिए । त्यसअघि पनि उनी पदका लागि भने मरिहत्ते गरेर लागि परे । तत्कालिन एमालेको अध्यक्षमा उठे, केपी शर्मा ओलीसँग पराजित भए । पहिलो संविधानसभामा दुई ठाउँबाट पराजित भए पनि संवैधानिक समितिको सभापतिमा तानिएका उनले प्रधानमन्त्री पदका लागि जिम्मेवारी नै छाडेर सत्तातिर लम्किएका थिए ।

५. उनलाई नातावादी चरित्र भएको तर कार्यकर्तावादी व्यवाहार नभएको आरोप पनि लाग्ने गर्छ । प्रधानमन्त्री भएका बेला आफन्तलाई अवसर दिएको र कार्यकर्ताको बेवास्ता गरेको आरोप लागेको थियो । १५ बर्षसम्म तत्कालिन एमालेको नेतृत्व गरे पनि उनको संगठन संरचनामा दबदबा नहुनुको कारण पनि यसैलाई मान्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...