कमरेडहरूबीच हेडक्वार्टरमै कुटाकुट, पत्नीसँग यसरी राखिन्छ प्रस्ताव ?



हाम्रो इकोनोमि

 

 

एक वर्ष पुरानो झगडा बल्झिएर अखिल क्रान्तिकारी र युवा संघका नेताहरूमा टाउको दुखाइ शुरु भएको छ ।  पोहोर होलीताका फेसबुक म्यासेञ्जरमा अश्लील फोटो पठाउने विद्यार्थी नेताको टाउको अर्को होली आउन एक महिना बाँकी हुँदा फुटाइएपछि यस्तो स्थिति आएको हो । काभ्रे घर भएकी अखिल (क्रान्तिकारी) की केन्द्रीय सचिव गंगा दाहाललाई संगठनकै अर्का सचिव नारायण खनालले गत वर्ष पठाएको त्यस्तो फोटोका कारण शुरु भएको झगडा एक वर्षमा पनि मिलेन । पूर्वएमालेमा ‘ओली’ र माओवादीमा ‘दाहाल’ भएपछि अलिक फूर्तिफार्ती त हुने नै भयो

 

। नारायणले त्यस्तो फोटो पठाएपछि गंगाले संगठनमा उजुर गरिन् । नारायणले जवाफ दिए, ‘पत्नीसँग च्याट हुँदा झुक्किएर गयो ।’ युद्धकालमा भएको भए श्रम शिविरमा पठाउने हुन्थ्यो । अहिले पार्टी सरकारी छ, त्यसैले आत्मालोचना गराउने निर्णय भयो । नारायणले लिखित माफी मागे ।

 

गंगाको दाबी थियो, महिलामाथि साँस्कृतिक हमला गर्नेलाई पार्टी र संगठनबाट निश्कासन गर्नुपर्छ । महाधिवेशनमा गंगा अहिलेका अध्यक्ष रञ्जित तामाङको समूहबाट र नारायण अनिल शर्माको प्यानलबाट चुनाव लडेका थिए । नारायणले त्यस्तो फोटो पठाएर संगठनको निर्देशनबमोजिम गल्ती स्वीकार गरिसकेको अवस्थामा थप कारवाही नहोस् भनेर जनार्दन शर्माहरूले अध्यक्ष रञ्जितलाई दबाब दिन थाले । गर्नचाहिँ नारायणले नहुने काम गरेकै हुन् । तर, एकचोटिलाई माफ दिएको भए केही बिग्रँदैनथ्यो भन्ने अखिल र पार्टीका नेताहरूको भनाइ रहँदै आयो ।

 

तर, आत्मालोचनाले मात्रै गंगाको चित्त बुझेन, उनका पतिले पनि हदैसम्म कारवाही हुनुपर्छ भनेका छन् । त्यसमाथि गंगाको पक्षमा वनमन्त्री शक्ति बस्नेत अचम्मैसँग लागेपछि विद्यार्थीहरूको एउटा टोलीले पत्नी सत्या पहाडीलाई गएर वास्तविकता सुनाएको र सत्याले कराएपछि उनी चूप लागेको बताइन्छ । नारायणले आत्मालोचना गरिसकेको, तर गंगाको चित्त नबुझेको घटना माघ दोस्रो साता कुटपिटमा परिणत भयो । गंगाको निर्देशनमा आक्रमण भएको नारायण पक्षको आरोप छ । गंगाचाहिँ आफूले कुट्न लगाएको प्रमाण दिए जस्तोसुकै सजायँ भोग्न तयार भएको बताउँछिन् ।

 

त्यसदिन नारायण पेरिसडाँडामा साथीहरूसँग घाम तापिरहेका थिए । काभ्रेको कुटपिटका अनेकन घटनामा नाम मुछिएका नीमा लामाको सालो पर्ने संग्राम लामा पुगे । नारायणले संग्रामलाई चिनेका थिएनन्, त्यसअघि देखेका पनि थिएनन् । नचिनेको मान्छेलाई हेरिराख्ने कुरै भएन । लगाइरहेको हेल्मेट खोलेर संग्रामले झ्यामझ्याम हिर्काउन थाले । वरिपरि बसेका साथीहरू नारायणलाई जोगाउन र संग्रामलाई समाउन सक्रिय भए । तर, नारायणको टाउको फुटाइसकेपछि संग्राम भागे । तर, त्यहाँ भएका अरु मान्छेले संग्रामलाई चिन्दा रहेछन् ।

 

अस्पतालमा उपचार गरेपछि नारायणले कुटपिट तथा अंगभंगसम्बन्धी मुद्दा दिए । संग्रामलाई प्रहरीले समात्यो । संग्रामले बयानमा भनेका छन्, ‘नारायण र मेरो खुट्टा जुध्यो, उसले आँखा त¥यो, अब मलाई हान्छजस्तो लाग्यो । त्यसैले हेल्मेटले हानेर भागेँ ।’  अब उल्टै समस्यामा परिन्, गंगा दाहाल । कानुनकै नजरले पनि म्यादभित्र प्रहरीमा विद्युतीय कारोबारसम्बधी उजुरी गरेको भए उनी नै पीडित हुन्थिन् । तर, अब कुरा कसरी उल्टियो भने, पीडित बने नारायण, पीडक बनिन् गंगा ।

उनले लगाएर संग्रामले पिटेको प्रमाण त कतै छैन, तर सबैको बुझाई त्यही छ । अहिले पनि संग्राम तीनकुने प्रहरी बृत्तमा थुनिएका छन् । आजभोलिमै प्रहरीले अदालतमा पेश गर्ने भएको छ । यसबीच गंगा खानेपानी मन्त्री बीना मगरकहाँ गइन् । संग्रामले पोल खोल्ने डरले छिटो उनलाई छुटाउनुप¥यो भन्ने माग थियो । गंगा यो घटना पनि संगठनको जिम्मेवारीबाट निलम्बनमा परेकी छन् । तर, निलम्बनको हल्ला बाहिर नगर्ने सहमति छ ।

 

अनुशासन आयोगका संयोजक रामबहादुर बिकको संयोजकत्वमा छानबिन बन्यो, सात दिनको म्याद दिएर । तर, त्यसले सबै कुरा बुझेपछि प्रतिवेदन बुझाउन सकेको छैन । एकथरि नेता गंगाको पक्षमा, अर्काथरि नारायणको पक्षमा भएपछि स्वयं अध्यक्ष रञ्जित तामाङ पनि कुनै निर्णयमा पुग्न सकेका छैनन् । गंगाले संग्रामलाई छुटाउन आग्रह गरेपछि बीनाले वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई भेट्न भनिन् ।

 

दीपशीखाले पनि यो गञ्जागोलमा हात हाल्न चाहेनन् र अखिल अध्यक्ष रञ्जितलाई नै कुरा मिलाइदिन अनुरोध गरे । यही मामिलामा जोडिन पुगेका हुन्, एमाले युवा संघका अध्यक्ष रमेश पौडेल । रामेछापका कार्यकर्ता देव चौलागाईंले गंगा आफ्नो मिल्ने साथी भन्दै संग्रामलाई छुटाइदिन पहल गरिदिनुपर्ने उनको आग्रह थियो । एकताको मुखमा अर्को संगठनका साथीहरूलाई परेको मर्का बुझ्नुपर्छ भनेर रमेशले कुरा बुझे । सबै कुरा प्रष्ट भएपछि उनी पनि पन्छिए । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...