पूर्व राजा ज्ञानेन्द्रकी आमा रत्न बिरामी, नर्भिक अस्पताल भर्ना
पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह बिरामी परेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि पूर्व मुमा बडामहारानीलाई अस्पताल भर्ना गरिएको हो । ज्वरो तथा पखालाको समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजपरिवार स्रोतले जानकारी दिएको छ ।
रत्ना तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् भने पूर्वराजा ज्ञानेन्द्रकी आमा हुन् । पूर्व राजा ज्ञानेन्द्र शाह तराई भ्रमणपछि भारत भ्रमणको योजना बनाइरहेका बेला आमा रत्ना बिरामी परेकी हुन् ।
कमल थापा फर्किए, पशुपति र प्रकाशचन्द्र पूर्वमा
हिन्दुत्व र राजसंस्थाका विषयमा कडा अभिव्यक्ति र अभियान जारी राख्दै भर्खरै एकीकरण गरी राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पूर्वराजा रहेको प्रदेश १ पुगेका छन् ।
कार्यकर्ता प्रशिक्षणका लागि पुगेको भनिए पनि उनीहरूको भेट पूर्वराजासँग हुने अनुमान गरिएको छ । उनीहरूले बिराटनगरमा पत्रकार सम्मेलन गरी राजसंस्था र हिन्दु धर्मलाई सडकबाट नै स्थापित गराउने घोषणा गरिसकेका छन् ।
जबकि, राणाको दलले हिन्दु धर्मसहितको गणतन्त्र स्वीकार गरेको थियो भने राजसंस्थाको मुद्दाबाट लोहनी पनि पछाडी सरेका थिए ।
‘पूर्वराजाको देशाटन, राप्रपाको अभियान र राप्रपा संयुक्तको पनि राजनीतिक कार्यक्रम र चुनौतिले व्यवस्था फर्काउने सवालमा केही न केही संकेत गरेको छ’, उच्च स्रोतले भन्यो,‘कति सम्भव हुन्छ थाहा छैन, तर यो संश्लेषण गर्ने विषय हो ।’
पूर्वराजा ज्ञानेन्द्र परिवारका सबै सदस्य लिएर भारत जाने, पारशलाई नलाने यस्तो छ कारण
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सबै सदस्य लिएर यहि महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका छन् ।
उक्त भ्रमणकै लागि उनकी बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाह बैंककबाट नेपाल फर्किँदैछिन् ।
पूर्वराजासहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्र शाह लगायत पनि भारत भ्रमणमा रहनेछन् ।
उनीहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ । पारश शाहलाई भने नलाने स्रोतको दाबी छ ।
निर्मलनिवास स्रोतका अनुसार यो पारिवारिक भ्रमणलगायत अन्य विषयमा भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ ।

मध्य तराईको भ्रमण सकेर पूर्वराजा परिवारको दलबलसहित भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यहि बेला राप्रपा, राप्रपा संयुक्तलगायत कतिपय राजावादी शक्तिले मुलुकमा हिन्दु राज्य र राजसंस्था पुनस्र्थापनाको अभियान जारी राखेका छन् ।


