राष्ट्रपति भण्डारी अमेरिका भ्रमणमा जाने तयारीमा



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छिन् ।  राष्ट्रपति भण्डारी कमिशन अन द स्टाटस अफ उमेनको ६३ औं सेसनमा भाग लिन आगामी फागुन २६ गते अमेरिकाको न्यूर्योक जान लागेकी हु्न् ।   परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीको भ्रमणबारे जानकारी गराएका हुन् ।

 

भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने उनले जानकारी दिए । सो सेसनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा सो कार्यक्रम आयोजना गरिएको छ ।

 

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जेनेभा भ्रमणका क्रममा संयुक्त राष्ट्र संघले नेपालको संक्रमणकालीन न्याय निरुपणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।

 

उनले संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्त मिचेल बेचेलेटले आफूसँगको भेटमा नेपालको संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...