पूर्व श्रीमानलाई बचाउन दिइन् पुर्व पत्नीले मृगौला



हाम्रो इकोनोमि

 

अमेरीकाकाे मिनेसाेटाेमा एक श्रीमतीले आफ्नाे भुतपुर्व श्रीमान बचाउनकाेलागि मृगाैला दिएकी छिन् ।

सम्बन्धविच्छेदको २० वर्ष भैसकेकाे भएपनि उनले आफ्ना पुर्व श्रीमान बाँचुन् भन्ने चाहानाले मृगाैला दिएकी हुन् ।

१४ वर्षका मेरी र बिलले एक–अर्कालाई डेट गरे पश्चात १८ वर्षकाे हुँदा विवाह गरेका थिए ।

तर जब दुई २४ वर्षका भए दुबैको सम्बन्धमा तित्तता छायो र दुबैले अलग्गिने निर्णय गरे ।

तर बच्चाहरुको हेरबिचार राम्रोसँग होस् भनेर उनीहरुले आफ्नो साथीको सम्बन्ध भने कायम राखे ।

मधुमेहका कारण बिलको दुबै मृगौलाले काम गर्न बन्द गरेका थिए ।  बिल र मेरीकी छोरीको मृगौला म्याच भयो ।

तर उनीहरुका सन्तान साना थिए त्यसकारण मृगौला प्रत्यारोपण गर्न सकेनन् । त्यसपछि मेरीले आफ्नो मृगौलाको परीक्षण गराइन् ।

बिलको ब्लड ग्रुप दुर्लभ थियो तर पनि पूर्वपत्नीको मृगौला म्याच भयो । सम्बन्धविच्छेदको २० वर्षपछि पूर्व श्रीमानलाई मृगौला प्रत्यारोपण गरेर उनको जीवन बचाएकोमा मेरीको निकै चर्चा भयो ।

उनी भन्छिन्, ‘यदि मेरो कहानी सुनेर कुनै एक व्यक्तिले पूर्वपती र पूर्वपत्नीको विषयमा आफ्नो धारणा परिवर्तन गर्छ भने त्यो ठूलो कुरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...