सुखानी विद्रोहका योद्धाको स्मरण, ओली–प्रचण्ड झापामा



हाम्रो इकोनोमि

नेपालको राजनीतिक इतिहासमा सुखानी घट्ना चर्चित घटनाहरुमध्येमा पर्छ ।

तत्कालीन शासकविरुद्ध विद्रोह गरेवापत ५ युवाले गोली खानु परेको यो घट्नालाई ‘झापा विद्रोह’का नामले समेत चिनिन्छ ।

त्यसयता नेपालका कम्युनिष्टहरुले सुखानी दिवस मनाउदै आएका छन् । नेकपाले यो बर्ष झापा विद्रोहका योद्धाको सम्झनामा ‘सुखानी दिवस’ झापाको दानावारीमा रहेको सुखानी उद्यानमा मनाउँदै छ ।

सुखानीको जंगलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा मंगलबार झापामा हुने कार्यक्रममा नेकपाका अध्यक्षद्धय केपी शर्मा शर्मा ओली र प्रचण्डले सम्बोधन गर्दैैछन् ।

यसका लागि प्रचण्ड सोमबार बिराटनगर हुदै झापा पुगेका छन् भने प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओली आजै त्यसतर्फ जाँदैछन् ।

पञ्चायती शासकले २०२९ फागुन २१ गते त्यसबेलाका कम्युनिष्ट युवाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सीमा क्षेत्र सुखानीको जंगलमा हत्या गरेको थियो ।

२०२९ साल कात्तिकमा पक्राउ परेका दाहाल, घिमिरे, राजशंशी कुइँकेल र श्रेष्ठलाई झापाबाट इलाम जेल सार्ने नाममा गोली हानेर हत्या गरिएको थियो । त्यसपछि नेपालका कम्युनिष्टहरुले सुखानीलाई आदर्शभूमि मान्ने गरेका छन् ।

हत्या भएको स्थानमा उनीहरु ५ जनाकै शालिक निर्माण गरिएको छ ।

विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई अहिले पनि ‘झापा विद्रोह’का रुपमा चिनिन्छ । त्यसवेला कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो झापा बिद्रोहबाट अत्तिएको पञ्चायती निरंकुश सरकारले विद्रोह दमन गर्ने क्रममा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।

यही विद्रोहका जगमा नेकपा(माले) नेकपा(एमाले) एवम् नेकपा (माओवादी) हुँदै अहिले संसदमा दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति (नेकपा) बनेको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...