यस्तो थियो बिराटनगरमा भरतमोहनको कोशी ल र्फम



हाम्रो इकोनोमि

 

०२८ सालमा भरतमोहन अधिकारीले स्थापना गरेको कोशी ल फर्म बिराटनगरमा अझै छ । करिब २ दशक बिराटनगरमा रहेर वकालत पेसा गरेका अधिकारी ०५१ सालको मध्यावधि निर्वाचनमा बिजयी भएपछि पूर्णकालीन राजनीतिमा लागे । भरतमोहनले स्थापना गरेको कोशी ल र्फममा कमल कोइराला, सुमन प्याकुरेल र उमेशचन्द्र न्यौपानेले साझेदार थिए ।

 

भरतमोहन हिँडेपछि कमल र सुमनले पनि ल र्फम छाडे । तीनजनाले छाडेपछि ल र्फमको सम्पूर्ण जिम्मेवारी बरिष्ठ अधिवक्ता उमेशचन्द्र न्यौपाने पाए । अधिकारीले हुर्काएर दिएको नासो न्यौपानेले अझै सम्हालिरहेका छन् । ‘उहाँले जिल्मा लगाउनुभएका मुद्दाहरु ०६२ सालबाट सकिए,’ न्यौपाने भन्छन् ‘करिब १२ बर्ष भरतमोहनसँगै काम गर्न पाएँ ।’

 

कानुनको पढाइ पूरागरेपछि न्यौपाने ०३९ सालदेखि भरतमोहन अधिकारीको ल र्फममा जोडिएका हुन् । एक दशक भन्दा बढी अधिकारीसँगै काम गरेका न्यौपाने न्याय क्षेत्रमा अधिकारीले बसाएको थिति बिराटनगरमा अझै कायम रहेको दाबी गर्छन् । ‘गरिब र पछाडि पारिएको समुदायको काम निःशुल्क गर्नुपर्छ भन्नुहुन्थ्यो,’ न्यौपाने भन्छन् ‘उहाँले धेरै मुद्दा निःशुल्क लड्नुभयो ।’

 

पञ्चायतकालदेखि वाम आन्दोलनमा सकृय रहेका अधिकारी बेला-बेला पञ्च र प्रशासकहरुको तारो बनिरहन्थे । पञ्चबाट जोगिन अधिकारी दिउँसो वकालत गर्थे भने साँझ कार्यकर्तालाई भेला गरेर प्रशिक्षण दिन्थे ।

 

अधिकारी बिराटनगरबाट धनकुटा हुँदै संखुवासभासम्म वकालत गर्न आफ्नो टिम लिएर जान्थे । ‘धरानभन्दा माथि गाडी जाँदैनथ्यो,’ न्यौपाने सम्झन्छन् ‘वकालत गर्न पहाड जाँदा धरानबाट हिँड्दै जान्थ्यौं, जहाँ साँझ पथ्र्याे, त्यहाँ गाउँभरिका मान्छे बोलाएर उहाँ प्रशिक्षण दिनुहुन्थो ।’

 

मानहानी लागेन, जनताले तिरे ९ हजार

वरिष्ठ अधिवक्ता न्यौपानेका अनुसार अधिकारीको प्रायः न्यायाधीशहरुसँग विवाद भइरहन्थ्यो । न्यायाधीशले अधिकारीलाई मानहानी मुद्दा दायर गर्ने चेतावनी दिन्थे । तर मुद्दा भने कसैले दायर गरेनन् ।

 

भरतमोहन, दाजु मनमोहन र कांग्रेस नेतृ नोना कोइराला विरुद्ध एकैसाथ राजसंस्थाको विरोध गरेको आरोपमा राजकाज मुद्दा लाग्यो । घटना ०४५-०४६ सालतिरको हो । कोशी अञ्चल अदालतमा राजकाज मुद्दाको थुनछेक बहसपछि तीनजनालाई जनही ९/९ हजार धरौटी माग गरियो । तर, अधिकारी दाजुभाइ र कोइराला धरौटी बुझाउन तयार भएनन् । अदालतले कारागार पठाउने तयारी गरेपछि उपस्थित भएका सर्मथकले पैसा उठाएर धरौटी बुझाए ।

नेपाल बार एसोशिएसन बिराटनगर एकाई शाखामा रहेर बहुदल ल्याउनुपर्छ भन्दै अभियान चलाउँदा अधिकारी तीन महिना थुनामा परे । बहुदलको पक्षमा बिराटनगरमा भएको आन्दोलनको नेतृत्व गर्दा अधिकारीलाई सुनसरी तरहरामा रहेको कृषि र्फममा तीन महिना बन्धक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...

३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...