काठमाडौै फन भ्यालीमा तनाब , शेयरधनि बिच कुटाकुट



हाम्रो इकोनोमि

 

काठमाडौै फन भ्याली मा हिजो शनिबार तनाब देखिएको छ । गर्मी महिनामा अरुलाई शितलता प्रदान गर्ने यस फन भ्याली हिजो भने आफै तातिएको थियो । शेयर धनिका बिचमा हिसाब किताब सम्बन्धि कुरा नमिलेको तथा ५५% शेयर धनि भोगेन्द्र गुरागाईले एकलौटी रुपमा फन भ्याली कब्जा गर्न खोजेको आरोप अन्य शेयर धनिहरुले लगाएका छन ।

यहि कुरा आपसी सम्बधमा मिलाउन केहि दिन अगाडी सूर्यबिनायक नगरपालिक भवनमा बसेको छलफल निष्कर्षमा पुग्त सकेको थिएन । हिजो शनिबार शेयर धनि बिचमा फेरी छलफल हुने कार्यक्रम थियो र सोहि छलफलमा शेयर धनि भोगेन्द्र का छोरा भूषण गुरागाई ले आवेशमा आएर एक शेयर धनि महिला माथि हात उठाएपछि स्थिति तनाबग्रस्त हुन पुगेको थियो ।

महिला माथि हात उठाएपछि निजलाइ स्थानिय र ४५% शेयर धनि ले बिरोध गरेका थिए । साथै उनलाई हतकडी लगाई प्रहरी चौकी लैजान स्थानीय ले दबाब दिएपछि प्रहरीले हतकडी लगाएको थियो र केहि अप्रिय घटना हुन नदिन उनलाई प्रहरीले जगाती चौकी पुर्याएको थियो ।

 

हेर्नुहोस त्यहाँ भएको तनाबको भिडियो

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...