क्रिकेट मैदानमा आफै मसला बोक्न थाले धुर्मुस, कामदार तीनछक परे



हाम्रो इकोनोमि

 

गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थललाई जस्ताले घेर्न फलामका खम्बा राखिँदै थियो। मिस्त्री र कामदारहरू काममा लागिरहेका थिए। सिमेन्टको मसला बोक्दै फलामको पोल गाढिरहँदा एक युवा मसला बोक्न थाले। मसला बोक्न कस्सिएका युवाको अनुहार देखेपछि कामदार अचम्ममा परे।

 

टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार ‘धुर्मससँगै सिमेन्टको मसला बोक्दा उनीहरू दंग परे। आइतबार निमार्णस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने। निरीक्षणका लागि पुगेका धुर्मुस कामदारसँगै काममा लागे।

 

रंगशाला निमार्ण अवलोकन गर्न उनी यहाँ आएका हुन्। उनले निमार्ण प्रगतिबारे जानकारी लिए। रंगशाला बन्ने कुराले उत्साहित स्थानीयबाट धुर्मुस घेरिएका थिए। आफ्नो गाँउमा ठूलो योजना ल्याएको भन्दै धुमुसलाई गाउँलेले धन्यवाद पनि दिए।

 

उनले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह गरे। आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका थिए। ‘म तपाईहरूसँगै ईंटा बोक्ने हो, भारी बोक्ने हो’, उनले भने।

 

भरतपुर महानगरपालिका–१६ स्थित शान्ति चोकमा रंगशाला निमार्ण गर्न लागिएको छ। रंगशाला निमार्णमा खटिने कामदारका लागि आवास र सामान राख्न गोदाम बनाउन लागिएको छ। रंगशालाको साइट अफिस स्थापना गरिएको छ। कट्टेल दिनभर कार्यालय बसेर भेटघाट गरे।

 

कार्यालयमा स्थानीय बिहान बेलुका जम्मा हुने गर्छन्। निमार्ण स्थलमा विभिन्न संघसंस्थाले श्रमदान समेत गर्न थालेका छन्। अहिले निमार्णस्थलको लागि छुट्टाइएको जग्गालाई घेर्न लागिएको छ। रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडी बढेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए। उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ।

 

३५ विधाका खेलका लागि एकेडेमी सञ्चालन गर्ने उद्देश्यले रंगशाला निमार्ण गर्न लागिएको उनले बताए। केही दिनअघि फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिर फिल्डमा थिइन्।

 

नेपालको तीन करोड जनताको आँटकै आधारमा क्रिकेट रंगाशाला निर्माण हुन लागेको भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गरिदिन उनले आग्रह गरिन्। ‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भनिन्, ‘एउटा बाटोमात्रै पिच हुँदा त्यसले कति विकास ल्याउँछ भन्ने कुरा त प्रष्टै छ।

हामी विदेशी खेलाडी ल्याएर खेलाउने सपना देखिरहेका छौं। त्यसैले यो रंगाशाला निर्माण भइसकेपछि त्यसले कस्तो खालको विकास ल्याउला कल्पना गरौँ न।’

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...