कसले निकाल्यो फेसबुक–ट्वीटर बन्द गर्ने नक्कली विज्ञप्ती



हाम्रो इकोनोमि

 

सरकारले सामाजिक सञ्जालमार्फत् हुने मनपरी रोक्ने प्रयास गरिरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाममा शनिबार एउटा विज्ञप्ती आयो । मन्त्रालयको नाम पनि गलत अर्थात् ‘नेपाल सुचना तथा संचार मन्त्रालय’ लेखेर शनिबारको मितिमा निकालिएको भनिएको त्यो नक्कली विज्ञप्तीले सरकारलाई समेत तनावमा पारेको छ ।

 

नेपालमा फेसबुक बन्द गर्ने तयारी गरिएको तर प्राविधिक हिसाबले अलि ढिलो भएको आशयसहितको नक्कली विज्ञप्ती सार्वजनिक भएपछि सरकारको तर्फबाट स्पष्टिकरण नै दिनु परेको हो ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतवार त्यो सूचनाको खण्डन गर्दै फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गर्ने कुरा भ्रामक मात्रै भएको स्पष्ट पारेको छ ।

 

‘यस मन्त्रालय र अन्तर्गतबाट कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने सम्बन्धी सूचना प्रकाशित नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिलाई कानुनी कारबाही पनि सुरु भइसकेको छ’, मन्त्रालयले भनेको छ, ‘सामाजिक सञ्जाल सञ्चालकलाई त्यस्तो भ्रामक सूचना सामाजिक सञ्जालबाट हटाउन समेत अनुरोध गरिसकिएको छ ।’

 

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले निकालेको विज्ञप्तीमा यस्तो भ्रामक सूचना आफ्नो सामाजिक सञ्जालको खाताबाट हटाउन, रियाक्ट र लाइक गरेको भए त्यसो नगर्नसमेत आग्रह गरेका छन् ।

यो हो मन्त्रालयको सूचना

नक्कली सूचना जस्ताको तस्तै

सम्पूर्ण नेपाली फेसबुक प्रयोगकर्ताहरु पहिलेदेखि नै भनिएआएको कुरा हो, अब हाम्रो देश नेपाल मा फेसबुक बन्द हुँदैछ भनेर तर केही प्राबिधिक कारण ले अलि ढिलो भएको मात्र हो, तर आज मिति २०७५/११/१८ गते शनिबार राति १२ः०० बजे देखि नेपाल मा फेसबुक सेवा बन्द गरिने छ धन्यबाद  !

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...