‘भरतमोहनको त्यो आँट, जसले शत्रुतालाई मित्रतामा बदल्यो’



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।  नेता भट्टराईले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिँदै अधिकारीको निधनबाट मुलुकले अनुभवी, लचक, उदार, समन्वकर्ता, कर्मशील नेता गुमाएको उल्लेख गर्नुभएको छ ।

 

‘श्रद्धाञ्जली एक अनुभवी तथा परिपक्व राजनीतिज्ञलाई क्रान्तिले शान्तिपूर्ण वा शसस्त्र स्वरुप लिनसक्छ र त्यो तत्कालिन परिस्थितिमा निर्भर गर्छ’ उहाँले फेसबुकमा उल्लेख गर्नुभएको छ, ‘शान्तिपूर्ण जनक्रान्ति, क्रान्ति पूर्वको सरकार र त्यस मार्फत प्रगतीशिल सुधार गर्दै जनतालाई थप सचेत र संगठित गर्दै क्रान्तिका लक्ष पुरा गर्ने नेपाली विशेषताको सिद्धान्तका रुपमा कमरेड मदन भण्डारीको अगुवाईमा तत्कालिन एमालेले जनताको बहुदलीय जनबादलाई नेपाली क्रान्तिको सिद्धान्तका रुपमा विकास ग¥यो ।

 

२०५१ सालमा पाका नेता मनमोहन अधिकारीको नेतृत्वमा कम्युनिष्ट पार्टीको पहिलो सरकार बन्यो । ब्यबहारिक, लचक तथा उदार स्वभावका भरतमोहन अधिकारी कम्युनिष्ट सरकारको अर्थ मन्त्री छानिनु भयो ।’

 

भट्टराईले सरकारमा रहँदा अधिकारीले अनेक उत्सुकता र आशंकाका वीच लोकप्रिय बजेट प्रस्तुत गरेको स्मरण गराउनु भएको छ । ‘अनेक उत्सुकता र आशंकाका वीचसरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत ग¥यो’ उहाँको पोष्टमा उल्लेख छ, ‘समर्थन, बिरोध र आलोचना सबै भयो । कार्यक्रम र बजेटका थुप्रै राम्रा पक्षहरु थिए तर त्यस मध्ये आफ्नो गाउँ आफैं बनाऔं र जेष्ठ नागरिक भत्ताले भने तत्काल परिणाम दियो ।

 

नेपालको आर्थिक, सामाजिक रुपान्तरणमा नयाँ बटो त समात्यो नै राज्यको परम्परागत परिभाषालाई पनि बदलिदियो । राज्यलाई नागरिकको समिपमा पुर्याइदियो । राज्य र नागरिक वीचको शत्रुतापूर्ण सम्बन्धलाई मित्रतामा बदलिदियो । क्रान्तिपूर्वको सरकारले गर्ने शन्तिपूर्ण जनक्रान्तिको एउटा स्वरुप देखाइदियो ।

 

जबजको सार्थक प्रयोग भयो । जसका योजनाकार र कार्यान्वयनकर्ता मध्ये एक अगुवा हुनुहुन्थ्यो अनुभवी नेता भरतमोहन अधिकारी । आज भौतिक रुपमा विश्राम लिनुभयो । तर नेपाली क्रान्तिको सिद्धान्त, सिद्धान्त निर्माणको पद्धति र त्यसको प्रयोगका सन्दर्भमा अनेक विषय र प्रश्नहरु आज र आउने पुस्ताका लागि छोडेर जानुभयो ।’

 

भट्टराईले अधिकारीलाई अनुभवी, लचक, उदार, समन्वकर्ता, कर्मशील, जनपक्षीय र सरल नेता भएको उल्लेख गर्नुभएको छ । ‘उहाँको विशेषताले नेपाली समाज र राजनीतिककर्मीहरुलाई सधैं प्रेरणा प्रदान गरिरहने ’ भट्टराईले लेख्नु भएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा भाउजु सवीता र छोरीहरु लगायत सबै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...