मेरा बा का प्रिय भरतमोहन ! भन्दै आयो यस्तो कविता



हाम्रो इकोनोमि

 

तिमी मर्दैनौ भरतमोहन
धेरै बा हरुका सम्झनामा छौ
आमाहरुका सम्झनामा हुनेछौ
हिजो तिमीले दिएको सय रुपैयाँ भत्ता
मेरा बा का लागि राज्यले दिएको
पहिलो असर्फी थियो
छोराले दिएको हजार भन्दा पनि
बढि आधार थियो
त्यही सय रुपैयाँ गरीब र
बिधवा आमाहरुका लागि
सुर्के थैलीको सारथी थियो
माईतीले दिएको मायाको
पोको भन्दा पनि माथि थियो
त्यसैले तिमीलाई सम्झनेछन्
एक खिल्ली चुरोट किन्न
छोराको अगाडि याचना गर्नु पर्नेहरुले
एक पत्ता सिटामोलका लागि
छोरा बुहारीको शरण पर्नेहरुले
तिमीलाई सम्झनेछन्

नजिकैको तीर्थ जान
सुको नभएकाहरुले,
भारी बोक्न डोको नभएकाहरुले
एक डल्लो साबुन किन्न नसकेर
खरानी पानीमा लुगा पिट्नेहरुले
चश्माको पावर फेर्न परेकाहरुले
एक टुक्रा फलफूल नपाएर
पलेटी बसेकाहरुले
दृष्टि बिहीन माईला दाई
पारि गाउँका लाटा दाई
र कोही नभएकी गौँथली काकीले सम्झने छिन्।

हो,
तिमीले दिएको सय रुपैयाँले
कातेको तीन सुते बत्ती चढाएर
तिमीले दिएको सय रुपैयाँले
बालेको धिप धिपे टुकी लिएर
त्यही सय रुपैयाँको सीताराम गम्छा ओढेर
तिम्रो आत्माको शान्तिका लागि
प्रार्थना गरिरहने छन्,
तिमी त मेरो पिताले पाउने
बृद्द भत्ताकै पिता थियौ
त्यसैले त
तिम्रो बारेमा कहिल्यै नराम्रो लेख्नु परेन
तिम्रो बारेमा नराम्रो देख्नु परेन
तिम्रो निष्ठा बोक्नेहरु नजन्मेकोमा मन रुन्छ
तिमी मृत्युसंग लड्दै गर्दा
भाग वण्डामा लिप्तहरु देख्दा मन रुन्छ
तर तिमी अस्ताए पनि
हाम्रा बा हरुको आँखामा बस्नेछौ
आमाहरुको मुटुमा बस्नेछौ
बरु मिल्छ भने
स्वर्गबाट केही थान राम्रा मान्छे पठाउन
बिन्ती गर्नु है !

किनकि,

देश अझै रोएको छ
मेरा बा का प्रिय भरतमोहन !
तिमीलाई श्रद्दा सुमन !
मेरी आमाका प्रिय भरतमोहन
तिमीलाई श्रद्दा सुमन !

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...