फेवातालमा प्याराग्लाइडिङ खस्यो, एकको मृत्यु



हाम्रो इकोनोमि

 

सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ ।

फेवा तालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ ।

सारङकोटबाट उडेका राेमानीयाका नागरिक ४२ वर्षीया एड सिजरकाे फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै उद्धार टोली परिचालन भएको थियो ।

मलंगवामा गोली हानी एकको हत्या

सर्लाही सदरमुकाम मलंगवामा शनिबार राति अज्ञात समूहले गोली हानी एक जनाको हत्या गरेको छ। गोली लागेर मलंगवा नगरपालिका २ का ३१ वर्षका मनोजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

 

यादवलाई मलंगवा नगरपालिका ८ मा लगेर गोलीहानी हत्या गरिएको हो। यादवलाई ४ राउण्ड गालामा र एक राउण्ड घाँटीमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।  प्रहरीले घटनामा संलग्नहरुको खोजी तीव्र पारेको छ। घटनास्थलमा विष्फोट भइसकेका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको छ। मृतकको मोबाइलसमेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने प्रहरी निरीक्षक देवले बताए।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...