धुम्बाराहीमा स्काइजोन पार्टीप्यालेस
धुम्बाराहीमा स्काइजोन पार्टीप्यालेस तथा सभा खुलेकाे छ । सुबिधासम्पन्न हलको शुक्रबार एक कार्यक्रमबीच प्रदेश नम्बर ३ का सदस्य नारायण सिलवालले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै सिलवालले स्वदेशमै लगानी मैत्री वातवरण बनाउन नीति तथा कानुनमा समयसापेक्ष सुधार बताए । गोबिन्द कटुवाल, विष्णु भण्डारी, सुभास खड्का तथा चित्र कुइकेलले ५ करोड लगानी गरेर स्काइजाेन पार्टीप्यालेस तथा सभा हाल खोलेका हुन् ।
हलमा ६ सय जना अट्ने छन् भने हलसँगै सुबिधाजनक रेस्टुरेन्टकाे व्यवस्था गरिएकाे छ । विवाह, ब्रतबन्धलगायतका बिभिन्न पार्टीहरू गर्न स्काइजाेन उपयुक्त स्थल भएकाे लगानीकर्ताले बताए । बिभिन्न राष्ट्रिय कलाकारहरूकाे जमघटमा भएकाे उद्घाटन कार्यक्रममा लगानीकर्ताले राजधानीकाे सुबिधासम्पन्न पार्टीप्यालेसकाे रूपमा स्काइजाेनलाइ व्यवस्थापन गरिएकाे बताएका थिए । हलकाे अवलोकन गर्दै नारायण सिलवालले प्रदेश सरकार, निजी क्षेत्रलाई स्वदेशमै लगानी गराउन लालायित भएको भन्दै उचित नीति, कानुन र इच्छाशक्तिको खाँचो रहेको बताए । ‘हाम्रा युवा शक्ति हामीले विदेश निर्यात गरिरहेका छौ ।
केहि अर्ब रुपैयाँ रेमिट्यान्स आयात गरिरहेका छौं । सबै भन्दा पहिले हामी आफ्नै देशमा आफ्नै आवश्यकतालाई परिपूर्ति गर्ने ब्यापारगरेर आत्मनिर्भर हुनुपर्छ, सिलवालले भने । युवापिँढीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सके देश विकासमा फड्को मर्ने उनको तर्क थियो । उद्घाटन कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल,शिव परियार, नविन पौडेल, राधिका हमला लगायतका कलाकारहरुले मनोरन्जन प्रदान गरेका थिए ।


