दार्चुला जीप दुर्घटनाः मृतक सबैको सनाखत (नामसहित)



हाम्रो इकोनोमि

 

शुक्रबार राती दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने सबै ११ जनाको सनाखत भएको छ । शुक्रबार राती घटनास्थलबाट मृतकको शव संकलन गरी जिल्ला अस्पताल दार्चुलामा ल्याईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

जीप दुर्घटनामा परी मृत्यु हुनेहरुमा दुहुँ गाउँपालिकाका ४५ बर्षका कल्यानसिह बडाल, वहाँकै छोरी वर्ष १५ कि निर्मला बडाल, दुहुँ गाउँपालिका वडा नम्बर २ की ३५ बर्षीया परुली धामी रहेका छन् । त्यसैगरी दुहुँ गाउँपालिका १ का ५४ बर्षका धन बहादुर बम, वडा नम्बर ४ दौलाकी ५५ कि अम्मरा बम, सोही ठाउँकी वर्ष ४ की आयुसा बम, वडा नम्बर १ पीपलचौरीकी ४५ बर्षिया गोमती बम र सोही ठाउँकी वर्ष ७१ की धाना बम रहेका छन् ।

 

त्यस्तै बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ६ सित्तडका ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द, सोही स्थानकी २०/२१ वर्षीया स्नेहा चन्द र वडा नम्बर १ बस्ने ५३ वर्षीया मानमती भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोही दुर्घटनामा जिप चालक दिपकसिह धामी गम्भीर घाइते भएका छन् । घाइतेको थप उपचारका लागि शुक्रबार राती नै भारतको पीथौरागढ लगिएको छ ।

 

दुर्घटनामा परी मृत्यु भएका सबैको शनिबार जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतले जानकारी दिनुभयो ।

 

जीप दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटना स्थल राताकाठा क्षेत्रमा सडक चौडा गर्ने कार्य भईरहेको छ । तर सो क्षेत्रमा कुनै पनि सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...