रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने



हाम्रो इकोनोमि

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने भएको छ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीकै चाहना अनुसार परिवारका सदस्यले अब चार दिनमै किरिया सक्ने निर्णय लिएका हुन्।

शुक्रबार पोखरामा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री अधिकारीका पारिवारिक सदस्य समेत रहेका नेकपाका नेता धनराज आचार्यले उनको चाहना अनुसार नै काजकिरिया हुने जानकारी दिए।

‘उहाँले परम्परालाई सुधार गर्नुपर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो’, आचार्यले भने, ‘किरियाकर्म सात दिन हनुपर्छ भन्ने अभियानमै हुनुहुन्थ्यो सोही अनुसार अब उहाँको काजकिरिया चार दिनेमै सकिने छ।’

अधिकारीको निधन भएको तीन दिन बितिसकेको छ। २१ गते उनको किरियाकर्म सकिने छ। अहिले पोखरामा अधिकारीको शवयात्रा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...