पाकिस्तानले भारतीय पाइलट फिर्ता गर्ने भनेपछि सीमा क्षेत्रमा पुगे हजारौं जनता !



हाम्रो इकोनोमि

 

सत्तामा रहँदा होस् वा विपक्षमा हुँदा होस पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको पक्षमा वकालत गर्नुभएको छ ।

हालैं, पाकिस्तानले पक्राउ गरेका भारतीय वायु सेनाका विंग कमाण्डर अभिनन्दन वर्तमानलाई भारतलाई बुझाएको छ ।

पाकिस्तानले पाइलट वर्तमानलाई इस्लामाबादस्थित भारतीय उच्चायोगलाई बुझाएको हो ।

अब वर्तमानले अपरान्ह ३–४ बजेतिर अटारी–बाघा बोर्डरको चेकपोस्ट पार गरेर भारत प्रवेश गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिजो पाकिस्तानी संसद बैठकमा अभिनन्दनलाई आज रिहा गरिने घोषणा गरेका थिए । ३५ वर्षीय वर्तमानले मिग २१ विमान उडाइरहेका थिए ।

अभिनन्दननलाई पाकिस्तानी अधिकारीहरुले रावलपिण्डीबाट लाहोर ल्याउनेछन् त्यसपछि घर फर्कनका लागि चेक पोस्टमा ल्याउनुभन्दा पहिले जेनेभा सन्धिको नियमअनुसार रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई सुम्पिने जनाइएको छ ।

आफ्नो छोरो फिर्ता आउँने भएपछि वर्तमानमा आमाबाबुलगायत हजारौं भारतीय बोर्डर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...