पाकिस्तानले भारतीय पाइलट फिर्ता गर्ने भनेपछि सीमा क्षेत्रमा पुगे हजारौं जनता !
सत्तामा रहँदा होस् वा विपक्षमा हुँदा होस पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको पक्षमा वकालत गर्नुभएको छ ।
हालैं, पाकिस्तानले पक्राउ गरेका भारतीय वायु सेनाका विंग कमाण्डर अभिनन्दन वर्तमानलाई भारतलाई बुझाएको छ ।
पाकिस्तानले पाइलट वर्तमानलाई इस्लामाबादस्थित भारतीय उच्चायोगलाई बुझाएको हो ।
अब वर्तमानले अपरान्ह ३–४ बजेतिर अटारी–बाघा बोर्डरको चेकपोस्ट पार गरेर भारत प्रवेश गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिजो पाकिस्तानी संसद बैठकमा अभिनन्दनलाई आज रिहा गरिने घोषणा गरेका थिए । ३५ वर्षीय वर्तमानले मिग २१ विमान उडाइरहेका थिए ।
अभिनन्दननलाई पाकिस्तानी अधिकारीहरुले रावलपिण्डीबाट लाहोर ल्याउनेछन् त्यसपछि घर फर्कनका लागि चेक पोस्टमा ल्याउनुभन्दा पहिले जेनेभा सन्धिको नियमअनुसार रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई सुम्पिने जनाइएको छ ।
आफ्नो छोरो फिर्ता आउँने भएपछि वर्तमानमा आमाबाबुलगायत हजारौं भारतीय बोर्डर पुगेका छन् ।


