बाकस खोलेर अन्तिम पटक छोराको अनुहार हेर्न पनि पाइनन् । माला चढाउन लाग्दा उनका हात बाउँडिए । बल्लतल्ल राखिदिइन् ।



हाम्रो इकोनोमि

 

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाका मृतकलाई शुक्रवार बिहान टुँडिखेलमा सामूहिक श्रद्धाञ्जलि दिइँदै थियो ।

बुधवार भएको उक्त दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलिका लागि लहरै राखिएको थियो ।

श्रद्धाञ्जलि अर्पणका लागि राष्ट्रपति, प्रधानमन्त्री सहित विशिष्ट अधिकारी, पूर्व विशिष्ट पदाधिकारी, दलका नेता कार्यकर्ता र शुभचिन्तकहरू टुँडिखेल पुगेका थिए ।सबैको अनुहार मलिन थियो ।

मृतकका आफन्तहरू सम्हालिन सकिरहेका थिएनन् । डाँको छाडेर रुँदै पुष्पगुच्छा अर्पण गरिरहेका थिए ।

सोही बीचमा सोतो पहिरनमा रहेकी एक वृद्धा विक्षिप्त अवस्थामा देखिइन् । लाग्थ्यो, उनी अलमलमा छिन् ।

के भइरहेको छ नै थाहा छैन ।उनी थिइन्, दुर्घटनाका मृतक अर्जुन घिमिरेकी आमा मीठू घिमिरे ।

अर्जुन मन्त्री रवीन्द्र अधिकारीका पीएसओ थिए ।उमेरले ६ दशक पार गरेकी मीठूले पति गुमाएको ६ महिना मात्र भयो । उनको शरीरमा सेतो पहिरन अझै छ ।

नेपाल आर्मीमा जमदार रहेका छोरा अर्जुन उनका सहारा थिए । रामेछापस्थित निवासमै रहेका बेला खबर पुग्यो, छोरा सवारी दुर्घटनामा परेर घाइते भयो ।

घाइते छोरालाई भेट्न भनेर उनलाई काठमाडौं ल्याइयो ।छोराको मृत्युको खबर सुनाउँदा काठमाडौं ल्याउनै मुस्किल पर्ने भएकाले आफन्तहरूले घाइते भएको भनेर सुनाएका थिए ।

एक्कासि छोरालाई श्रद्धाञ्जलि दिनुपर्ने सुन्दा उनी अर्धचेत नै भइन् । सम्हालिन सकिनन् । आफन्तहरूले जसोतसो शव राखेको बाकस अगाडि पुर्‍याए ।

शव राखेको बाकस खोलेर अन्तिम पटक छोराको अनुहार हेर्न पनि पाइनन्, किनकी दुर्घटनामा शव चिन्नै नसकिने गरी जलेको छ ।

माला चढाउन लाग्दा उनका हात बाउँडिए । बल्लतल्ल राखिदिइन् ।त्यसपछि केहीबेर घोप्टिइन् र बिलौना गरिरहिन् ।

मीठूलाई आफ्नै शरीर भारी भइरहेको थियो । त्यतिबेला शरीरलाई सहारा त आफन्त र शुभचिन्तकले दिए, तर उनको जिन्दगीको सहारा भने खोसिएको छ ।पति गुमाएको ६ महिनामै मुटुको टुक्रा (छोरा) चुँडिएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...