देउवाको कुराले निर्मलाकी आमामा न्याय पाउने आशा जाग्यो



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अपराधी ढिलो चाँडो पत्ता लागेर छोड्ने बताएका छन् ।

शुक्रबार भीमदत्त नगरपालिका(२ उल्टाखामस्थित निर्मलाको घरमा पुगेर सभापति देउवाले निर्मलाका अपराधि कुनै पनि हालतमा उम्किन नसक्ने बताएका हुन् ।

उनले निर्मलाकी आमासँग अपराधि पत्ता लगाउन सक्दो पहल गर्ने आश्वासन समेत दिए ।

उनले निर्मलाका हत्यारा पत्ता लगाउन कांग्रेसले सरकारलाई दवाव दिइरहेको बताउँदै बलात्कार र हत्या जस्तो अपराधमा संलग्नले कुनै हालतमा उन्मुक्ति नपाउने बताए ।

उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन समेत परिवारलाई आग्रह गरेका छन् । सभापति देउवाले यति लामो समयसम्म पनि अपराधि पत्ता लाग्न नसक्नु चिन्ताको विषय भएका बताउँदै सरकारलाई गम्भिर रुपमा अनुसन्धान गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...