भारतले विशेष विमानमार्फत अभिनन्दनलाई ल्याउन माग गर्दा मानेनन् इमरान



हाम्रो इकोनोमि

 

 

पाकिस्तानी सेनाले कब्जामा लिएका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई मुक्त गर्ने र स्वदेश फिर्ता पठाउने घोषणाको भारतले स्वागत गरेको छ।

भारतीय सेनाका अधिकारीहरूले उक्त कदमबाट आफूहरू निकै हर्षितु भएको बताएका छन् ।

उनलाई शुक्रवार अपराह्न्न दुवै देशका पन्जाब राज्यको वाघा सीमामा भारतलाई हस्तान्तरण गरिने छ।

भारतको शर्तलाई मानेन पाकिस्तानले

पाकिस्तानको कब्जामा रहेका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई भारतले विशेष विमान मार्फत ल्याउन आग्रह गरेको थियो ।

तर भारतको यस सर्तलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले टुक्र्यार दुवै देशका पन्जाब राज्यको वाघा सीमाबाट ल्याउने भएको हो ।

अन्तराष्ट्रिय सच्चारमाध्यमका अनुसार अभिनन्दनलाई ल्याउनका लागि भारतले आफ्नो वायुसेनाको एक विमान तयार गरेको थियो ।
तर पाकिस्तानले यस सर्तलाई नमानेर अभिनन्दनलाई वाघा सीमाबाट ल्याउने भएको हो ।

अभिनन्दनलाई स्वागत गर्नेको भिड

वायुसेना अभिनन्दन वर्तमानलाई स्वागत गर्न वाघा सीमामा निकै भिड लागेको छ । उनलाई स्वागत गर्न उनका मातापिता देखी समर्थक र भारतीय मन्त्री समेत वाघा सीमामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...