नेकपा नेता भरतमोहन अधिकारी भेन्टिलेटरमा, स्वास्थ्य अवस्था जटिल



हाम्रो इकोनोमि

 

पहिलो पुस्ताका कम्युनिस्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ । पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

 

अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं ५ बाट निर्वाचित प्रदेशसभा सदस्य नारायण सिलवालले बताए । अस्पताल स्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको छ ।

 

अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको छ । अधिकारीको उपचारमा डा. भगवान कोइराला,अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सक संलग्न रहेको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...