अलविदा रविन्द्र ! जसले कालापानी मार्चपार्स र लक्ष्मणपुर बांध भत्काउन आन्दोलन गरे
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू सभापति हुँदा पुस्तकालय, यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाको रुपमा विद्यार्थी आन्दोलनमा उनको नाम नमेटिने गरी लेखिएको छ । आज हरेक विद्यार्थीले सम्झन्छन् रविन्द्र अधिकारीलाई । हरेक राष्ट्रप्रेमीले सम्झन्छन् अधिकारिलाई जसले कापालानी मार्चपासकाे नेतृत्व गरे ।
नेपाली भूभाग ढुवान पार्ने भारतले बनाएकाे लक्ष्मणपुर बाँधकाे विराेधमा शशक्त आन्दाेलन गरे । उनी देशका सिमानाहरुमा जीवित छन् । कालापानीहरुमा जीवित छन् । विर्सन सकिने छैन् उनको योगदानलाई, उनको सक्रियतालाई, उनको नामलाई । हार्दिक श्रद्धाञ्जली रविन्द्र ! अलविदा रविन्द्र ! !
वेगवान युवा नेता साथै पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अब उनी सम्झनामा मात्र रहने छन् । उनको भौतिक शरिर हामी माझ रहेन । रविन्द्र अधिकारी त्यो नाम हो जस्लाई विर्सन निक्कै कठिन हुनेछ । आज प्रत्येक विद्यार्थी जो सार्वजनिक यातायातमा भाडा छुट लिन्छन् त्यसको अगुवाइ गर्ने विद्यार्थी नेता अधिकारी चीर निन्द्रामा पुगेका छन् ।
२०२६ वैशाख २२ गते कास्कीको भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीको जेष्ठ सुपुत्रको रुपमा जन्म भएको थियो । अधिकारीले गाउँकै ब्रह्मज्योति प्रावि शान्ति पंधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि(हालको उच्च मावि) बरपाण्डेथुमबाट माध्यामिक शिक्षा प्राप्त गरेका थिए । माध्यमिक विद्यालयका शिक्षक रहनुभएका बुवाका कारण पनि उहाँलाई शिक्षा हासिल गर्न सहज भएको थियो ।
सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयबाटै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राजनीतिमा लागेका थिए । विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायतका मध्यमबाट राजनितिक जागरण सिर्जना गर्न सफल अधिकारी हाइस्कुले जीवनमा विद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित विद्यार्थी थिए ।
प्रवेशिका उत्तीर्ण गरेपछि अधिकारी वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएका थिए । तर केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरू गरेका थिए । २०४४ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष भएका अधिकारी त्यसपछि राजनीतिमा छलाङ मार्दै अघि बढेका थिए ।
२०४५ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियू सदस्य, २०४५ सालमा नै अनेरास्ववियू कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियू केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको अध्यक्ष बन्न सफल भएका थिए ।
२०५३ सालमा आइपुग्दा अधिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू सभापतिमा निर्वा्चित हुँदै आफ्नो राजनीतिक मैदान फराकिलो बनाउन सफल हुनुभयो । २०५३ सालमा नै स्ववियू काउन्सिल नेपालको संयोजक निर्वा्चित हुनु भएका अधिकारी २०५६ सालमा अनेरास्ववियूको केन्द्रीय अध्यक्ष बनेका थिए ।
पञ्चायत विरोधी २०४६ को जनआन्दोलनमा क्रियाशील अधिकारीले पञ्चायतकालमा पटक–पटक गरी ६ महिना जेल र हिरासतमा बिताएका थिए । पोखरामै रहेर विद्यार्थी आन्दोलनको मोर्चा सम्हालेका अधिकारीले सफल नेतृत्व गर्नु भएको थियो । २०४६ को परिवर्तनपछि विद्यार्थी आन्दोलन रचनात्मक र शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने विचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई कार्यान्वयनमा ल्याउन सफल हुनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू सभापति हुँदा पुस्तकालय, यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाको रुपमा विद्यार्थी आन्दोलनमा उनको नाम नमेटिने गरी लेखिएको छ । आज हरेक विद्यार्थीले सम्झन्छन् रविन्द्र अधिकारीलाई । हरेक राष्ट्रप्रेमीले सम्झन्छन् अधिकारिलाई जसले कापालानी मार्चपासकाे नेतृत्व गरे । नेपाली भूभाग ढुवान पार्ने भारतले बनाएकाे लक्ष्मणपुर बाँधकाे विराेधमा शशक्त आन्दाेलन गरे । उनी देशका सिमानाहरुमा जीवित छन् । कालापानीहरुमा जीवित छन् । विर्सन सकिने छैन् उनको योगदानलाई, उनको सक्रियतालाई, उनको नामलाई । हार्दिक श्रद्धाञ्जली रविन्द्र ! अलविदा रविन्द्र ! !
विद्यार्थी आन्दोलनले किन सम्झने अधिकारीलाई ?
-शिक्षामा भएको निजीकरण र ब्यापारिकरण विरुद्ध लामो संघर्ष गर्ने जाेदाहा नेता थिए अधिकारी ।
– उनले प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलनको अगुवाइ गरे
– अधिकारीले वहुचर्चित कालापानी मार्चपार्सको नेतृत्वसमेत गरेका थिए ।
– सीमा सुरक्षा अभियान, नेपाली भू-भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोधमा शशक्त आन्दाेलन गरे ।
– पारस शाहको ज्यादती बिरुद्धमा हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व उनै अधिकारीले गरेका थिए ।
– यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गर्ने तत्कालिन विद्यार्थी नेता थिए अधिकारी।
अधिकारीकाे राजनीतिक यात्रा
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित ।
७. संविधान सभा २०६४ को सभासद ।
८. २०७० सालको संविधानसभा सदस्य ।
९. रुपान्तरित व्यबस्थापिका संसदको सदस्य ।
१०. २०७४ को आमनिर्वाचनमा पुनस् तेस्रोपटक कास्कीवाट प्रतिनिधि सभामा निर्वाचित
११. नेकपाका केन्द्रीय सदस्य
१२. वर्तमान सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री
प्रकाशित कृति
१. संविधानसभा, लोकतन्त्र र पुनर्संरचना
२. समृद्द नेपाल
३. बिगत दुई दशकदेखि राजनीति एवं विकाससम्बन्धी उंहाका सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित हुँदै आएका छन् ।


