नेकपा संसदीय दलको आकस्मिक बैठक बस्दै



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको आकस्मिक बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा  केहीबेरपछि बैठक बस्ने तयारी भइरहेको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

 

बैठकले बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रबीन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्नेछ ।

 

यसअघि बिहान दुर्घटनमा परि निधन भएका सातै जनाको शव टुँडिखेलमा राखेर राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले श्रद्धाञ्जली दिएका थिए ।

 

मन्त्री अधिकारीको शव आजै गृहजिल्ला पोखरा लगिएको छ । अहिले उनको शव पोखराको प्रदर्शनी केन्द्रमा राखिएको छ । अधिकारीको आजै पोखराको रामघाटमा अन्त्येष्टि गरिनेछ ।

 

दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...